प्रतिपक्षीको टिप्पणीमा प्रधानमन्त्री ओलीको तिखो व्यंग्य


संघीय संसदमा सत्तापक्ष र प्रतिपक्षबीच रोचक जुहारी, सत्तापक्षको नेतृत्व स्वयं प्रधानमन्त्री ओलीबाट,रेल ल्याउने कुरा सरकारको हावादारी गफ भएको काँग्रेसको तर्क
काठमाडौं । संघीय संसदमा सत्ता पक्ष र प्रतिपक्षबीचको जुहारी निक्कै रोचक रह्योे । सत्ता पक्षको नेतृत्व प्रधानमन्त्री स्वयम्ले गरेका थिए । जनताका प्रतिनिधिले आफ्ना विचार प्रस्तुत गर्ने थलो नै संघीय संसद हो । तर, शुक्रवारको सवाल जवाफ भने सरकारको रेल योजनासँग बढी सम्बन्धि रह्यो ।

संघीय संसदमा प्रश्नकर्ता कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले कम्युनिस्ट र रेलको लोककथा सुनाएका थिए । नेपालका कम्युनिस्टले आफैं रेल नबनाउने वा अरुको रेललाई आफ्नो भन्ने व्यङग रिजालको थियो ।

अलि रुखो र खरो वोल्ने नेताको रुपमा परिचित प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर रिजालको प्रश्नबाटै उत्तर सुरु गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदले उठाएको प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रधानमन्त्रीले तिखो व्यंग्य गरे । उनले डाक्टरको विद्वताको व्यंग्यात्मक शैलीमा प्रशंसा गरे । रिजाललाई तिथि मिति सबै याद भएको भन्दै कहाँ रेल ट्रयाक विनै हिँड्यो, ड्राइभर को थियो सबै याद भएको प्रधानमन्त्री व्यंग्य वाण थियो ।

प्रधानमन्त्रीले खर्च कटौतीको प्रस्तावमा पनि व्यंग्य पेश गर्न झुक्किएनन् । उनले अधिनायकवाद आउँछ भन्नु विपक्षीको थेगो मात्र भएको भन्दा पुरै हल हाँसोले गुञ्जाएमान भएको थियो ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा नपरेको भन्दै लोकतन्त्र गए के आउँछ भनेर विपक्षी साँसदमाथि प्रश्न गरेका थिए । उनले लोकतन्त्रका लागि सबैले लडेको र प्रतिबद्धत भएको भन्न भुलेनन् । उनको भनाई थियो, शंका नगरौं । पछिल्ला दिनहरुमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्रीले आफ्नो शरिरमा ५० बर्षदेखिका घाउ अझै रहेको पीडा पोखे । तिखो झटारो प्रहार गर्न माहिर प्रधानमन्त्री ओलीको आजको जवाफ व्यंगात्मक र रुखो थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार