१ सय २२ गोल भएको ‘विश्वकप २०१८’ को समूह चरण उथलपुथलपूर्ण


काठमाडौं । कुल १ सय २२ गोल भएको विश्वकप २०१८ को समूह चरणको खेलमा ९ खेल बराबरीमा टुंगिए । पहिलो हाफमा ४६ गोल हुँदा दोस्रो हाफमा ३० बढी ७६ गोलहरु भए । इंग्ल्याण्डका ह्यारि केनले सर्वाधिक पाँच गोल गरेको समूह चरणको खेलमा ८ आत्मघाती गोल भए । ३ खेलाडीले रातो कार्ड पाउँदा १ सय ५९ पहेला कार्ड देखाइयो ।

केही अविश्वसनीय परिणामहरुको इतिहास कोर्दै सम्पन्न समूह चरणको खेलबाट भाग्यमानी सावित १६ टोली शनिबारदेखि नकआउट चरणमा आमने सामने हुँदैछन् । ९ खेल बराबरीमा टुंगिएको समूह चरणमा बेल्जियम, उरुग्वे र क्रोएसियाले मात्र शतप्रतिशत नतिजा निकाल्न सफल भए । पेनाल्टीबाट १८ गोल हुँदा ५ वटा गोल फ्रिकिकबाट भए ।

ह्यारि केन पछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु समान ४÷४ गोल गरेका छन् । त्यसैगरी रसियाका डेनिस चेरेसेभर र स्पेनका डिएगो कोष्टाको नाममा समान ३–३ गोल रहेको छ ।

साविक विजेता जर्मनीको पहिलो चरणबाट वर्हिगमन, अन्तिम सोह«को लागि अर्जेन्टिनाले भोग्नु परेको कष्ट, आयोजक रुसले सुरुवाती दुई खेलमा मच्चाएको तहल्का, चोटका कारण इजिप्टका मोहम्मद सलाहको कमजोर उपस्थिति , जापानले पाएको सफलता एवं एसिया तथा अफ्रिकी मुलुकका टोलीहरुको प्रदर्शनले पहिलो चरणमा यथेष्ट चर्चा पायो ।

रुस विश्वकपको समूह चरणको खेलले देखाएको सबभन्दा ठूलो विशेषता भने सहभागी टोलीहरुबीचको प्रदर्शन स्तरमा समानता नै रहयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार