आज असार पन्ध्र पूर्व प्रधानमन्त्री देउवादेखि मन्त्रीहरुले यसरी मनाउँदैछन् धान दिवस


काठमाडौं– धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा हुने धान रोपाइमा पुर्व प्रधानमन्त्री, मन्त्री तथा नेताहरु सहभागि हुने भएका छन् ।

यो कार्यक्रममा पुर्व प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरु एवं नेताहरु सहभागि हुँदैछन् । धान रोपाइको अवसरमार पुर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज भक्तपुरको खरिपाटीस्थित धान रोपाइमा सहभागि हुने भएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको धान रोपाइ कार्यक्रममा देउवा बिहान ११ वजेपछि पग्ने देउवाको सचिवालयले जनाएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि आज धान रोप्न भक्तपुर नै जादैछन् ।

भक्तपुरको डोलेश्वर मन्दिर छेवमै युवासंघ नेपाल र वाइसीयलले आयोजना गरेको धान रोपाइ कार्यक्रममा महासचिव पौडेल सहभागि हुने आयोजकले जनाएका छन् ।

त्यस्तै सहत्तपले आयोजना गरेको उक्त कार्यक्रममा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोप्दैछन् ।

त्यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि शुक्रबार धान रोपाइँमा सहभागी हुँदैछन् ।

युवा संघ र वाईसियलको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन पोखरेल त्यसतर्फ जाँदैछन् ।

उता, संघीय तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि काठमाडौंको बौद्ध नजिकै रहेको फाँटमा धान रोप्ने कार्यक्रममा सहभागि हुने बताइएको छ ।

उता, कृषि भुमी व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल कपिलबस्तुमा हुने धान रापाइमा सहभागि हुदैछन् ।

उनले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोप्ने कार्यक्रम छ ।

कपिलबस्तुमा राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती शुरु गरेको किंवदन्ती छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार