काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउन सरकार तयार रहेको आफ्नो भनाई दोहो¥याउनुभएको छ ।
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आगामी अंगे्रजी नयाँ वर्ष सम्ममा नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने बताउनुभयो ।
सार्वजनिक मञ्चमा नै ओलीले पानीजहाजकोे विरोध गर्नेहरु नै आगामी पुस १६ गते पानीजहाज चढेर कोलकत्ता जान सक्ने दावी समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अव नेपालमा नाकावन्दीको युग समाप्त भएको वताउँदै छिमेकी मुलुकको हेपाहा प्रवृति सहन नपर्ने दावी गर्नु भयो ।
निर्वाचनमार्फत् जनताले दिएको जिम्मेवारी पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पार्दै न्याय र समृद्धि पूरा गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीको थियो ।