सहारा युकेका संस्थापक अध्यक्ष गुरुङ ‘पल हयारिस फेलोसीप’ अवार्ड द्वारा सम्मानित

लन्डन । बेलायतका एकजना चिरपरिचित सामाजिक अभियन्ता नवीन गुरुङ अमेरिका मुख्यालय रहेको ‘दि रोटरी फाउण्डेशन अफ 
रोटरी इन्टरनेशनल’ बाट सम्मानित भएका छन् । सहारा यूकेका संस्थापक अध्यक्ष गुरुङले फाउण्डेशनका तर्फबाट ‘पल हयारिस फेलोसीप’ र मेडल प्राप्त गरेका हुन् ।

बर्नएण्ड रोटरी क्लबको सिफारिसमा गुरुङले उक्त सम्मान पाएका थिए । बर्नएण्ड रोटरी क्लब अध्यक्ष क्रिस वीब्लीले एक समारोहबीच उनलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।

‘मैले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गरेको सामाजिक कामको मुल्यांकन गर्दै यो सम्मान दिइएको हो’- गुरुङले भने, ‘यसले मलाई भविष्यमा साउथ बकिङहयामसायर रोटरियन्सका साथ समाजसेवामा क्रियाशिल हुन थप हौसला मिलेको छ ।’

गुरुङले कुकहाम ब्रीज रोटरियनसंग मिलेर २० हजार पाउण्डको पहिलो प्रोजेक्ट सहारा एकेडेमी दोबिल्ला पोखरामा पानी टंकी बनाउन लगेका थिए ।

यस अतिरिक्त बर्नएण्ड रोटरीसंग मिलेर महाभूकम्पमा उनले ६ हजार पाउण्ड बराबरको सांढे २ टन औषधि, खाना र लत्ताकपडा पठाएका थिए । गुरुङले अरुण चौधरी फाउण्डेशनसंग मिलेर पनि भूकम्प पीडितलाई सहयोग गरेका थिए ।

बेलायतको च्यारिटी कार्यमा समेत उनले निरन्तर सहयोग 
गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार