काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’ फुटबलको समूह ‘सी’ तर्फको खेलमा अष्ट्रेलिया विरुद्ध पेरुले जित हाँसिल गरेको छ । रसियाको फिस्ट रंगशालामा सम्पन्न भएको यो खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले पराजित गरेको हो ।
खेल सुरु भएको १८ औं मिनेटमा पेरुले पहिलो गोल गर्दै अग्रता लिएको थियो । त्यस्तै खेलको ५० औँ मिनेटमा पेरुले दोस्रो गोल गरेकाे थियाे । पछल्लो गोल पेरुका गुइरेरोले गरेका हुन् ।
खेलको दुवै हाफमा पेरुमाथि अष्ट्रेलिया लगातार हाबि भइरहे पनि कुनै पनि गोल हान्न सफल भएन । नेपाली समय अनुसार अष्ट्रेलिया र पेरुको खेल पौने ८ बजेबाट सुरु भएको थियो ।