विश्वकप- इरान भर्सेस पोर्चुगल र स्पेन भर्सेस मोरक्को, कस्ले मार्ला त बाजी ?

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल मध्ये दुई खेल सम्पन्न भईसकेको छ । जहाँ इजिप्ट बिरुद्ध साउदी अरेबियाले १- २ गोल गर्दै विजयी बनेको छ । त्यस्तै रसिया बिरुद्ध उरुग्वेले ०- ३ गोल गर्दै विजयी बनेको छ । यी दुवै खेल नेपाली समय अनुसार ७ः ४५ बाट सुरु भएको थियो ।
आजै राति पौने १२ बजे ईरान भर्सेस पोर्चुगल र स्पेन भर्सेस मोरोक्कोको खेल हुँदैछ ।

ईरान भर्सेस पोर्चुगल

आजैै पौने १२ बजे दुई खेल हुदैछ । मर्डोभिया एरेनामा ईरान र पोर्चुगलको खेल सुरु हुँदा कालिनीनग्राड स्टेडियममा स्पेन र मोरोक्कोको खेल हुनेछ ।
समुहको पहिलो खेलमा मोरोक्कोलाई हराएको ईरान दोस्रो खेलमा भने स्पेनसग एक शुन्यले पराजित भएको थियो । ईरानले आज पोर्चुगललाई हराउन सके अन्तिम १६ मा पुग्ने सम्भावना बलियो हुनेछ । तर ईरानलाई पोर्चुगललाई हराउनु भनेको फलामको चिउरा चपाउनु सरह हुनेछ ।

आजको खेलमा शत प्रतिशत जित निकाल्न चाहन्छ । पोर्चुगल स्टार खेलाडी क्रिष्टियानो रोनाल्डाले सम्हालेको टिम पोर्चुगललाई पनि आजको जित निकाल्नु जरुरी देखिन्छ । बराबरी खेलेको पोर्चुगललाई शीर्ष दुईमा पर्न आजको खेल जित्न आवश्यक छ ।

स्पेन भर्सेस मोरोक्को

सन् २०१८ को उपाधि दावेदार एक मानिएको स्पेनले जारी विश्वकपमा खासै उल्लेखनीय प्रर्दशन गर्न सकेको छैन ।
एक बराबरी र एक खेलमा जित निकालेको स्पेन शीर्ष स्थानमा भएपनि आजको खेलमा जित निकाल्न नसके स्पेनको रुस विश्वकपको यात्रा दोधारमा हुनेछ ।

उता समुहको दुवै खेलमा पराजित बनेको मोरोक्को यस खेल अगावै रुस विश्वकपको यात्रा टुङगाईसकेको छ ।
अंक तालिकाको पुछारमा रहेको मोरोक्कोको लागि कालिनिनग्रड स्टेडियममा राति पौने १२ बजे हुने आजको खेल मात्र प्रतिष्ठाको विषय बन्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार