यस अवस्थाका व्यक्तिले नखानुहाेस् करेला

काठमाडाैँ। करेला तिताे हुन्छ तर धेरैकाे जीव्राेमा गडेकाे हुन्छ । कतिपयकाे लागि करेला राम्राे चिज हाे तर कतिपय बिरामीका लागि करेला विष सरह हुन्छ । त्यसैले तपाइमा यी समस्या छन् भने नखानुहाेस् करेला


गर्भवती महिला : यदि तपाइ गर्भवती हुनुहुन्छ भने भुलेर पनि सखानुहाेस् यसले गर्भ तुहिने सम्भावना हुन्छ । यसले गर्भवती महिलाकाे स्वास्थ्यमा असर पुर्याउछ ।

फर्टिलिटि बिरामी : फर्टिलिटिकाे अाैषधि सेवन गरिरहनुभएकाे छ भने करेलाकाे प्रयाेगले फर्टिलिटि सम्बन्धि अाैषधिकाे प्रयाेलाइ कम गर्छ र राेगकाे माधा बढ्दै जान्छ ।

पायल्स राेगी : यदि तपाइमा पायल्सकाे समस्या छ भने तिते करेला नखानुहाेस् किनकि यसले पायल्सकाे समस्यालाइ थप बल्झाउन मदत गर्छ ।

सल्यक्रिया गरेकाहरू : सल्यक्रिया गरेपछि पनि तिते करेलाकाे प्रयाेग गर्नु हुँदैन् यस्ताे अवस्थामा करेलाकाे प्रयाेगले रगतमा सुगरकाे मात्रालार्इ प्रभावित पार्छ र सल्यक्रिया भएकाे २ हप्ता पछि मात्र करेला प्रयाेग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

कलेजाे समस्या : कलेजाे समस्या भएकाहरूले पनि तिते करेलाकाे प्रयाेग गर्नुहुँदैन । यसकाे अत्याधिक प्रयाेगले कलेजाेमा इन्जाइम्स बढ्न थाल्छ जसले इन्फेक्सनकाे समस्या बढाउँछ ।

महिनावारीकाे समस्या : यदि तपाइमा महिनावारीकाे समस्या छ भने बढी करेला खाने बानी अाजैबाट छाेड्नुहाेस् । याे समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले याे समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।

सुगरकाे समस्या : सुगरकाे समस्या भएकाहरूले पनि करेला सेवन नगर्नुहाेस् यसकाे सेवनले सुगरकाे मात्रा सामान्य भन्दा पनि तल झर्न सक्छ । सुगरकाे मात्रा कम हुनेहरूले कहिलेपनि करेला सेवन नगर्नुहाेस् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार