काठमाडौं । रुसमा जारी विश्वकपमा गए राति भएको अन्तिम खेलमा कोलम्बिया विजयी भएको छ । पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बिया विजयी भएको हो ।
कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । ४० औँ मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । फाल्काओले ७० औँ मिनेटमा गोल गरे । ७५ औँ मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।
जितसँगै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो ।
लगातारको दुई हारपछि पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।