आठ वर्षीय बालकको पेटमा ७ सय ग्राम जुका !


ओखलढुंगा, असार ९ । चिसंखुगढी गाउँपालिका-६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् ।

लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको थियो । चिकित्सकले दुई घन्टा लगाएर शल्यक्रिया गरी सो परिणामको जुका निकालेका हुन् । पेटमा भएको जुकाकै कारण बालकको श्वासप्रश्वनस बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्नेलगायत लक्षण देखाएका थिए । यस्ता लक्षण देखाएपछि गाउँघरमै धामीझाँक्री लगाउँदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमाया राना मगरले बताइन् ।

समयमै अस्पताल आइपुगेकाले बालकलाई बचाउन सफल भएको ओखलढुंगा सामुदायिक अस्पतालका डाक्टर रवीन्द्र मेहताले बताए । पहिले बालकलाई औषधि चलाएको भए पनि निको नभएपछि आन्द्रा काटेर जुका निकालेको उनले सुनाए ।- नयाँ पत्रिका बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार