अभिनेत्री स्वस्तिमा खड्का अहिलेकी डिमान्डेड अभिनेत्रीको लिस्टमा पर्छिन् । फिल्म दुई रुपैयाँ को कुटुमा कुटुु गीत र फिल्म छक्का पञ्जा २ मा काम गरेपछि उनको लोकप्रियता चुलिएको हो । उनको यस वर्षको दशैंमा प्रतिक्षीत फिल्म जय भोले रिलिज हुँदैछ । यसमा उनको लिड रोल छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत जस्ता कलाकारहरु पनि प्रमुख भूमिकामा छन् । बिहीवार फिल्ममा समावेश ‘उम्लियो भने पोखिन्छ । बोलको गीत सार्वजनिक भयो, जसमा सलोन र स्वस्तिमालाई बढी स्क्रिन स्पेस दिइएको छ ।
रोचक कुरा त स्वस्तिमाको दशैंमा दुई फिल्म रिलिज हुँदैछन् । छक्का पञ्जा ३ मा उनी एक गीतमा देखिँदैछिन् भने जय भोलेु मा उनी नै सोलो हिरोइन हुन् । यी दुवै फिल्मको रिलिज टार्गेट दशैं हो । आफू अभिनीत दुई फिल्म एकसाथ हलमा लाग्दा घाटा होला नी ? जय भोले को गीत सार्वजनिक कार्यक्रममा स्वस्तिमामाथी पत्रकारको प्रश्न तेर्सियो ।
उनले यस प्रश्नको जवाफ दिन अभिनेत्री प्रियंका कार्कीलाई निशाना बनाइन् । उनले भनिन्, प्रियंका दिदीको एकसाथ चार फिल्म रिलिज हुँदा त केही भएन मेरो दुई फिल्म लाग्दा के हुन्छ र ?उनी कड्किइन् ।
स्मरण रहोस्, शत्रु गते र लिलिबिली हलबाट नउत्रिदै प्रियंका अभिनीत कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज हलमा लागेका थिए । स्वस्तिमाले आफूले जय भोले साइन गर्दा अरु फिल्म गर्नै नहुने भनेर सम्झौता नगरेको बताउँछिन् ।
उनी भन्छिन्, छक्का पञ्जा टिम मेरो परिवार हो । गेस्ट रोलको अफर आएपनि म नाईँ भन्न सक्दिनँ । अशोक शर्मा दाईलाई छक्का पञ्जा ३ बाट अफर आए मैले गर्नुपर्छ भनेर भनेको थिएँ । उहाँले हुन्छ गरु भनेपछि मैले उक्त फिल्ममा काम गरेँ ।
जय भोलेु का निर्देशक अशोक शर्मा पनि स्वस्तिमाको कुरामा सहमती जनाउँछन् । एउटा कलाकार भएपछि फिल्ममा काम नगर्ने भन्ने हुँदैन । छक्का पञ्जा ३ बाट दीपकराज गिरी भाईले मलाई एउटा सिन गर्नुपर्छ भने म त गर्छुु, निर्देशक शर्माले भने ।