पोल्यान्डविरुद्ध सेनेगलको ० – २ गोलको अग्रता


काठमाडौँ । फिफा विश्वकप २०१८ को आज छैटौं खेलमा पोल्यान्डविरुद्ध सेनेगलको ० – २ गोलको अग्रता भएको छ ।

सेनेगल त्यहि टोली जसले सन् २००२ को विश्व कपको पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो । त्यति मात्र होइन, टोली क्वार्टफाइनल सम्म पुगेको थियो । यपद्दी टोली गोल्डन गोल्डमा टर्कीसँग पराजित भएको थियो ।

त्यो टोलीका लागि सफल इतिहास थियो । १६ वर्षपनि लिभरपुलका साडियो माने त्यस्तै अर्को टोलीलाई नयाँ इतिहास लेख्न चाहन्छन् । यसपटक सेनेगलले पोल्यान्डको सामना गर्दै विश्व कपको सुरुवात गर्दैछ ।

पोल्यान्ड त्यहि टोली हो जसको मुख्य खेलाडी रोर्बट लेवान्डोवस्की छन् । जसले विश्व कपको छनोट चरण १६ गोल गरेका थिए । पोल्याण्ड र सेनेगल रहेको समूह बीमा कोलम्बिया र जापान पनि छन् । यी दुईबीचको खेल नेपाली समय अनुसार राती ८ः४५ बजे सुरु भएको हो ।

विश्वकपका पछिल्ला संस्करणमा खासै प्राव जमाउन नसकेका पोल्याण्ड र सेनेगलमा आकर्षक खेलाडीको उपस्थिती रहेको छ । नकआउट चरण पुग्नका लागि सबै टोलीका लागि पहिलो खेल महत्वपूर्ण हुने गर्दछ ।

विश्व कप छनोटमा कुनै पनि खेल नगुमाई सेनेनल विश्व कपमा पुगेको थियो । ६ मध्ये टोलीले ४ जित र २ खेलमा बराबरी गरको थियो ।अर्कोतर्फ पोल्यान्डले पनि छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टोलीले १० खेल मक्ये ८ मा जित, १ माबराबरी र १ मा हार बेहोरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार