डा. देवकोटाको पार्थिव शरीर न्यूरो अस्पताल परिसरमा, श्रद्धाञ्जली दिनेकाे भीड


काठमाडौं । साेमबार साँझ निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा राखिएको छ । उनकाे पार्थिव शरीरमा पुष्पगुच्छा र श्रद्धाञ्जली चढाउनेकाे अस्पताल परिसरमा भीड लागेकाे छ ।

दिउँसो १ बजेसम्म उनकाे पार्थिव शरीरलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिने जनाइएको छ। डा. देवकोटाकाे पार्थिव शरीरलार्इ ढाका टोपी लगाइदिएर सर्वसाधारण एवं शुभेच्छुककाे श्रद्धान्जलीका लागि राखिएको हाे।

अन्तिम श्रद्धान्जलीका लागि सबैभन्दा पहिले डा. देवकाेटाकी श्रीमतीसहित परिवारका सदस्य न्यूरो अस्पताल पुगेका थिए। यसअघि साेमबार राति नै प्रधानमन्त्री केपी शर्मा अाेली तथा मन्त्रीहरूकाे एक टाेली अस्पताल पुगेर डा. देवकाेटाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पित्तथैलीको क्यान्सरका कारण डा. देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएकाे थियाे । अाजै डा. देवकाेटाकाे पार्थिव शरीरलार्इ पशुपतिस्थित आर्यघाटमा हिन्दू विधिद्वारा अन्तेष्टि गरिने अस्पताल प्रशासनले जनाएको छ । उनकाे पार्थिव शरीरलार्इ नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाट सम्म लगिनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार