‘साम्राज्ञी’ अहिले चर्चामा छिन् । युवाहरु उनका फ्यान भएका छन् । उनका चलचित्रहरुको प्रतिक्षा गरिरहेका छन् । २४० वर्ष लामो शाह राजवंशको अन्त्यपछि महिलाको नाममा राज्यलक्ष्मी जोडिएको कमै सुनिन्छ । राजपरिवारका नाम र थरबाट यस्ता राजर्शी शब्द हराउँदै गएका छन् । जब राजधरानको झल्को दिने यहि शब्द जोडिएकी साम्राज्ञी ‘ड्रिम्स’ मा अनुबन्धित भएपछि उनको चर्चा चुलियो । लबज, लवाई सबैबाट राज खानदानकै भएको अडकल काटे । नभन्दै उनी राजखलककै रहिछन् ।
गोर्खा हुदै नेपाल एकिकरण गरेर काठमाडौमा शासन गर्ने राजाका पंक्तिमा श्रीपेच नलगाएका एक राजाको तस्वीर देखिन्छ । जसको नाम थियो त्रैलोक्यविक्रम शाह । उनका दुई भाइमध्ये नरेन्द्रविक्रम शाह कान्छा भाइ थिए । नरेन्द्रेविक्रमलाई गोर्खा राज्यको जिम्मा दिइएको थियो । उनलाई श्री ५ महिला साहेव नरेन्द्रविक्रम शाह भनेर सम्बोधन गरिन्थ्यो । राजा हुनु अघिनै त्रैलोक्यको निधन भयो । प्रत्यक्ष शासनमा रहेका राणा प्रधानमन्त्री वीर शमशेरले उनलाई काठमाडौं बोलाए । त्यही बेला त्रैलोक्यको छोराको जन्म भएपछि नरेन्द्रले राजा बन्ने मौका गुमाए । त्यसपछि दरबार र राणाबीच विवाद बढ्यो । नरेन्द्रलाई सजाय स्वरुप चार भञ्ज्याङ कटाइयो । नरेन्द्र दक्षिणकालीको बाटो हुँदै वीरगंज पुगे । वीरगंजमा उनले छुट्टै समूह खडा गरेर राजनीति सुरु गरे । त्यही दरबार बनाए । नरेन्द्रको दरबार भएको ठाउँमा अहिले साल्ट ट्रेदिंगको कार्यालय छ । नरेन्द्र विक्रमको दरबार मासिए पनि उनका छोरा इन्द्रविक्रमले बनाएको दरबार अहिले पनि छ । १०० वर्ष पुरानो त्यो दरबारलाई इन्द्र भवन भनिन्छ । इन्द्रका छोरा र नाती गरेर तीनपुस्ता त्यही दरबारमा हुर्किए । इन्द्रविक्रमका छोरा पशुपति विक्रम र पुशपति विक्रमका छोरा विकास विक्रम शाह त्यही दरबारमा हुर्किए । विकासविक्रमकी छोरी हुन् साम्राज्ञी । उनी जन्मिदा त्यो दरबार सेन्ट जेभिएर स्कूले भाडामा लिइसकेको थियो । साम्राज्ञी त्यही स्कूलमा नर्सरीदेखि कक्षा चारसम्म पढिन । भारतको रोयल एकेडेमीबाट प्सल टु उत्तीर्ण गरेर नेपाल आएकी साम्राज्ञी स्कूलमा उत्कृष्ट ३ मोडलमा पर्थिन् । सात कक्षादेखि फेसन च्यानल हेर्न थालेकी शाहलाई भिक्टोरिया सेक्रेटको फेसन शो निकै मनपथ्र्यो ।
बीएचडब्लु अध्ययनरत रहदै साम्राज्ञी ‘फेस अफ दि क्लासिक डायमण्ड’ मा सहभागी भइन् । त्यो उनको मोडलिङको पहिलो अनुभव थियो । त्यहाँ सेकेण्ड रनर अप घोषित भइन् । त्यही कार्यक्रम पछि उनी धेरैको नजरमा परिन् । फलस्वरुप उनलाई म्युजिक भिडियो एव. र्याम्प शोहरुबाट थुप्रै प्रस्ताव आउन थाले । फुर्वा तामाङको ‘सबैभन्दा दामी’ र एल्भिस जोशीको ‘एक मौका’ गीतको म्युजिक भिडियोमा अभिनय पनि गरिन् ।
एकदिन साम्राज्ञी मामाघर गएकी थिइन् । त्यहाँ मोडलहरुको फोटो सुट भैरहेको थियो । फोटो खिच्नेले ‘ब्युटिफुल’ भन्दै उनको फोटो खिचिदिए छन् । त्यो फोटो मामा रवि बस्नेतले ल्यापटपमा थियो । रवि बस्नेत, उनका साथी र भुवन के.सी. मिलेर चलचित्र बनाउने सल्लाह भयो । अभिनेत्री खोज्ने काम सुरु भयो । रविले आफ्नो ल्यापटप खोलेर मोडलहरुका तस्विर देखाउन थाले । एकपछि अर्को फोटो देखाउने क्रममा भुवनका आँखा साम्राज्ञीमा अडिए । उनले भने ‘त्यो अघिको फुच्चीको फोटो हेरौ त’ । ’त्यो फोटो त मेरो भाञ्जी को हो’ उनले भने । ’तैपनि हेरौ न’ भुवनले जोड गरे । रविले दोहो¥याएर साम्राज्ञीको तस्विर देखाए । ‘यसैलाई फिल्म खेलाउने’ देख्दै नदेखेको केटीलाई भुवनले भरोषा देखाए । ‘उनको परिवारले मान्दैन होला’ रविले भने । भुवनले कर गरेपछि रविले साम्राज्ञीको आमालाई फोन गरे । कुरो सुनेर आमाले ‘हुन्छ’ भनिदिइन् ।
ग्ल्यामर प्लस पत्रिका बाट जस्ताको तेस्तै