पार्टी नियमावलीबारे १० दिनमा सुझाव पेश गर्न नेकपा अध्यक्षद्वयको निर्देशन


काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धयले सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो स्थायी समिति बैठकले पार्टी एकताले कार्यकर्तासँगै जनतामा उत्साह छाएकाले संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनुपर्ने निष्कर्ष समेत निकालेको छ ।

बैठकमा सरकारको कामले जनतामा सकारात्मक प्रभाव परेको ठहर गर्दै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको थियो । त्यसैगरी बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यलाई निर्देशन समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार