काठमाडौं । अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोकेको छ । अर्जेन्टिना र आइसल्याण्ड एक- एक गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि आइसल्याण्डले अर्जेन्टिनालाई बराबरी एक- एक गोलमा रोकेको हो ।
६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि अर्जेन्टिना र आइसल्याण्डले बराबरी अङ्क बाडे । अर्जेन्टीनाका खेलाडी सर्जियो अग्युरोले खेलको १९ औँ मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने आइसल्याण्डका खेलाडी फिन्बोसानले खेलको २३ औं मिनेटमा १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियोे ।
तस्वीर : एजेन्सी/ फिफा