समाचारले जुटायो छुटेका जोडी पुर्नमिलन !

गुल्मी । बन्द कोठाबाट यसै समाचारदातासँग भुमिगत शैलीमा सोमबार बिहानसम्म फोन गर्दै पुर्नमिलनका लागि हार–गुहार गरिरहेका थिए एक महिना अघि आफु खुसी विवाह गरेका र पछि परिवारको षडयन्त्रबाट छुट्टिएका यो जोडीले ।


जुन जोडीले सञ्चार माध्यमबाट आफुहरुको प्रेम सम्बन्ध र दुवै परिवारको दमनको पर्दाफास गर्न हिम्मत गरे । पैसामा छुटाउनेहरुबीच भयो खैलाबैैला, गल्यो ज्यान, तर अन्ततः ती जोडीको सोमबार भयो पुर्नमिलन ।

हामीले घटना क्रम मात्रै पस्केका थियौं तर ती जोडीको नाम काल्पानिक राखेका थियौ उनिहरुको यस अघिको समाचारहरुमा । आज उनीहरुबीचको मिलनपछि स–गौरव उनिहरुलाई सार्वजानिक गर्दै छौं । उनिहरु हुन् गुल्मी दरवार गाउँपालिका ७ चारपालाका २४ वर्षिय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्वर ३ की १८ वर्षिया सुर्जा परियार । उनिहरु भागी विवाह गरेर भारतमा पुगेको १५ दिन नपुग्दै परिवारजनको षडयन्त्रबाट छुटिनु परेको थियो । कारण बनेको थियो जातिय विभेद ।

यसरी भयो भेट

सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा पढ्दै थिईन् । त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनिहरुबीच सुरुमा फेसबुक मार्फत चिनजान भएको थियो । उनिहरुको जम्काभेट भयो गएको चैत्र १६ देखि २६ गतेसम्म सम्पन्न तेश्रो गुल्मी महोत्सवमा । पहिलो भेटमा सुर्जाको कोठामा बसे उनिहरु ।

त्यस दिनदेखि उनिहरुबीच जमेको सामिप्यता झन् पछि झन् गाढा बन्दै गयो । अन्ततः दुवै जना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदावादमा पुगेका उनिहरुलाई छुटाउन परिवारद्धारा षडयन्त्र भयो । उनिहरुलाई फकाई फुलाई घर झिकाईयो ।

उनिहरु ढुक्क हुदै घर फर्किए । यता सुनौली नाकामा अभिभावकहरुले कुरेर बसेका थिए । त्यहाँबाट उनिहरुलाई गुल्मीको सदरमुकाम तम्घासस्थीत एक होटलमा ल्याएर राखियो । दुई दिनसम्म त्यस होटलमा राखेर खिमका परिवारजनले अत्यन्तै दवाव दिए । उनी सुर्जासँग छुटिन तयार थिए ।

५ लाख २० हजार सुर्जालाई क्षतिपुर्ति दिने कबुल

तर सुर्जा छुटिन तयार थिईनन् । केही भद्र भलादमी बसे । ५ लाख २० हजार सुर्जालाई क्षतिपुर्ति दिने कबुल भयो । त्यो रकम खिमका परिवारसँग नहुँदा नहुदै पनि एक आफन्त मार्फत ऋण लिएर तत्काललाई पाँच लाख दिईयो र बाँकी २० हजार पछि दिने सर्त भयो । उनिहरु आ–आफ्नो बाटो लागे ।

घर पुगेपछि दुवैका परिवारले फोन खोसे । घरबाट निस्कन बन्देज गर्दै उच्च निगरानीमा राखे । खिमलाई ‘दमाईकी छोरी ताक्ने’ यो पागल हो भन्दै उनिबाट मन मराउन हेरखोर गर्न धामीकहाँसम्म लगियो । त्यही क्रममा भागेर खिम साथीको फोन मार्फत यसै समाचारदातासँग ‘सुर्जा विना म बाँच्न सक्दिँ, मलाई जातीपाती मतलव छैन, मेरो घर परिवार त्याग्न सक्छु सुर्जालाई त्याग्न सक्दिँन’ भन्दै फोन गरेका थिए ।

त्यसपछि पटक पटक फोन गरेपछि यो समाचारदाता उनले दिएको लोकेशनमा पुग्यो । खिम पागल जस्तै देखिन्थे । उनिसँग कुराकानी गरिसकेकापछि उनिकी आमालाई फोन गरियो । आमाले पनि अरु आफन्त मार्फत पाँच लाख दिएको खुलसा गरिन् ।
दुवै राजीखुसी विवाह गर्ने, पछि परिवारजन दुवै मिलेरे केटालाई पाँच लाख तिराएर छुटाउने यो कहाँको कानुन हो ? जस्तो लाग्यो र खोतल्दै गईयो ।

रिपोर्टिङ गर्ने स्थानमा छुटाउने मध्येका एक दलित नेताले त्रास सिर्जना गरे । केही युवाहरु जुटी सकेका थिए । खिमलाई यसै समाचारदाता सामु हातपात समेत भयो । त्यसै बखत ती दलित नेता आए । तपाई यहाँबाट गई हाल्नुस भने । उनले भने–‘फेरी पहिला जस्तै घेराउमा पर्नु होला केटाहरु थुप्रै आउँदै छन् । ’

किनकी गएको चुनाव ताका रिपोर्टिङ्गका क्रममा उनको राजनैतिक दलका युवाहरुले यस समाचारदातालाई झण्डै चार घण्टा घेराउ गरेर राखेका थिए । साँझपख सुरक्षाकर्मीको बाक्लो परिचालनबाट त्यहाँबाट सदरमुकाम तम्घास ल्याईएको थियो । त्यही स्थिती सिर्जना गर्न खोजिएको थियो त्यस गुल्मी दरवार गाउँपालिकामा फेरी ।

सदरमुकाममा थुप्रै डन जस्ता देखिने युवाहरुको जमात हुँदाहुदै र थुपै्र खाले डर लाग्दा घटना उठान गर्दा पनि यहाँ पत्रकारहरुलाई सुरक्षा छैन । तर गुल्मी दरबारमा साविकको कुनै एउटा गाविस छ जहाँका केही युवाहरु कुनै एक राजनैतिक दलको बहुल्यताको आडमा राणशासन चलाउँछन् । त्यही राणा शासन प्रवृद्धि तोडन् चाहन्थे खिमले ।

ती दलित नेताको धम्की र वातवरण पनि त्यस्तै बन्दै गएपछि त्यहाँबाट फर्किएका थिए । खिमलाई थप लछार पछार हुँदै थियो । हाम्रै सामु उनको फोन खोसियो । अर्को दिन फेरी साथीको फोन मार्फत खिमले भने –‘सर म बन्द कोठामा छु । के मेरो मानवअधिार छैन ? मलाई यहाँबाट निकाल्नुस् र सुर्जासँग भेट गराउनुुस् ।’

हामीले भन्यौ – ‘त्यहाँ आउन बातवरण ठिक छैन तपाई तम्घास आउनुस् ।’ उनी तेश्रो दिन घरबाट निस्कन सफल भएर तम्घास आए । करिब आधा घण्टा भिडियोमा उनका कुराहरु रेकर्ड गरियो । त्यतिले मात्र समाचार बन्न सक्दैन्थ्यो । उनकी सुर्जाको कुरा राख्न आवश्यक थियो । खिमलाई धेरै बेर हामीले अल्मलाएर राख्यौं । किनकी उनिहरुबीच सुर्जाका साथी मार्फत च्याट कुराकानी हुँदै थियो । हामीले त्यो नम्बर लियौं ।

सुर्जासँग सम्पर्क भयो

त्यसको दोश्रो दिन सुर्जाकी आमासँग फोन गरियो । सुर्जासँग सम्पर्क भयो । सुर्जाले आमाका सामु भनिन् ‘उसले धोका दियो अब त्यसका कुरा नगर्नुस्, सकिएको कुरा उल्झाउँदा मलाई थप तनाव हुन्छ ।’ अर्को दिन कोठाबाट आफैले फोन गरिन् र भनिन– ‘दाई हिजो आमा संगै भएकोले त्यस्तो भनेकी हुँ, म पनि उ विना बाँच्न सक्दिँन जसरी हुन्छ मलाई यो घरबाट निकाल्नुस प्लीज ।’

त्यसपछि जिल्ला प्रहरी कार्यालयमा बुझियो । खिमले उजुरी दिएका रहेछन् । तर बोलाउँदा सुर्जा र उनका परिवार नआएको बुझियो । जुन कुरा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीसँग राखियो । चौधरीले नयाँ गाउँ प्रहरी चौकीलाई आवश्यक निर्देर्शन दिए । त्यहाँको प्रहरी सुर्जाको घरमा पुग्यो । उनिहरुले सुर्जा, उनकी आमा र दाजुलाई सोमबार सदरमुकाम पठाए ।

भौतारिदै रिडीमा रहेका खिमले फोन गरे । उनले भने ‘सर म तम्घास आउँदै छु । कतै नजानु होला ।’

खिम जस्तै देखिने युवा झुण्डिएको अवस्थामा फेला

त्यसको आधा घण्टा नबित्दै तम्घासको तिनधारा जंगलमा त्यसै चारपालाको युवा झुण्डिएको अवस्थामा फेला परेको छ भन्ने खबर आयो । हातखुट्टा सेलायो । पक्कै तिनै भाई हुन भन्ने लाग्यो । म हतार हतार त्यहाँ पुगे ।

ती युवा झुण्डिएको स्थानमा पुग्न डोरीको प्रयोग कि त मानव साङलो नगरी पुग्नै नसकिने भीर थियो । त्यहाँ प्रहरीसमेत मानव साङलाको साहयताले पुगेको थियो । अनुहार नहेरुञ्जेलसम्म लगाएको पाईन्ट समेत खिमको जस्तै ठानेर भावविहिल भएको थिएँ ।
जब अनुहार हेरे उनि रहेनछन् । त्यही चारपाला चितपानीका २४ वर्षिय सुनिल थापा रहेछन् । उनको आत्मा हत्या पनि सायद माया प्रेम र विछोड पो थियो कि भन्ने लाग्यो ।

त्यहाँबाट फर्किन साथ खिमको फोन आयो । म पत्रकार महासंघमा थिएँ । त्यस नजिकै होटलमा रहेछन् । त्यहाँ पुग्दा सुर्जा र खिम कुम जोडेर बसेका थिए । साथमा सुर्जाकी आमा र दाजुलगायत पनि भित्र बाहिर गर्दै थिए । सुर्जाका अभिभावकहरुसँग बुझ्दा त्यो रकम तिराउने पक्षमा उनीहरु नभएको स्पष्ट पारे ।

खिम र सुर्जाको पुर्नमिलन

आखिर त्यतिबेला त्यो रकमको चारो फाल्ने र खिमलाई सुर्जाबाट छुटिन्छु भन्ने बोल निकाल्न कसले लगायो त ? भन्ने विषय प्रष्ट भयो । त्यति बेला उनिहरुलाई छुटाउने छलफलमा हुनेहरु मध्येको ती दलित नेता लगाएतका मानिसहरु पुर्नमिलन हुदै गरेका उनिहरु सामु आएनन् । जुन दलित नेताले त्यो पाँच लाख तिरेको कुनै प्रमाण छ ? भनेर त्यसै पनि उत्तेजित युवाहरुलाई थप उत्तेजित पार्दै थिए ।

उनलाई यही सवाल गर्न चाहन्छौं कि सबैै कुराको प्रमाण हुँदैन तिनै बेप्रमाण र अन्यायको कुरा खोतल्ने काम हो पत्रकारहरुको । अन्तमा प्रमाण जुट्यो । त्यस पाँच लाख फिर्ता गर्न तयार भए सुर्जाका परिवारजनहरु ।

दलित नेतालाई पश्न

तपाई दलित नेता जस्तो मान्छे, तपाईलाई त्यत्रो रकमसहित उनिहरुलाई बन्द कोठामा कागज गराएर छुटाउने अधिकार कहाँ छ ? तपाई सरकारको कुन निकाय हो ? त्यसो गर्ने तपाईहरु बलात्कार जस्ता ठुलाठुला घटना पनि त्यसरी नै पैसामा मिलाउन के बेर ? भन्ने यस घटनाले देखाएको छ । के युवा युवती भैसी पाडाको ब्यापार हो ?

त्यस्तै खिम पक्षका केही पढेलेखेका युवाहरु आए । उनीहरुले उति बैले पनि ‘सुर्जालाई लैजाउ बरु ५० हजार म दिन्छु’ भन्ने युवाहरु पनि त्यहाँ आए । उनिहरुलाई पुन सोधपुछ गरियो । उनिहरुको नछुट्ने कुरा भयो ।

सुर्जाकी आमाले उक्त रकम एक पैसा नमासी राखेको र त्यो फिर्ता गर्ने बताईन् । सुर्जाका दाजुले पनि आफुहरु चेलीबेटी बेचेर नहिड्ने परिवार भएको स्पष्ट पारे ।

उनले बहिनी तर्फ आक्रोसित मुद्रमा भन्दै थिए –‘ तिमीले उति बेलै छाड्दिन भनेको भए हामीले रोक्ने थियौं ? मैले फोन खोसे पछि पनि फेरी साथीहरु मार्फत उसैसँग कुराकानी ? घुसघुसेसँग त केही लाग्दो रहेनछ ।’

दाजुले त्यसो भन्दा खिमको कोखमा बसेकी सुर्जा मुस्कुराउँदै र लाजले भुतुक्क हुँदै शिर निहुराएकी थिईन् । अन्ततः पैसा फिर्ता उनिहरु विवाहका लागि मन्दिर भित्र जाने सहमति गरे पश्चात प्रहरी कार्यालयमा पुगियो । प्रहरीले विवाह गराउन नमिल्ने दुवै अभिभावकको जिम्मा लगायो ।

खिमले सिन्दुर राखे सुर्जाको सिउँदोमा

उनिहरु बाहिर निस्केर तम्घासको भगवती मन्दिरमा पुगे र खिमले सिन्दुर राखे सुर्जाको सिउँदोमा । सुर्जा मुस्कुराईन् । बेहुली भन्दा बढी लाजले भुतुक्क भए खिम । जातिय विभेदका पक्षधरहरु त्यो विवाहको कुरा सञ्चार माध्यमा नलैजान दबाब दिदै थिए खिमलाई । खिम आखिर किन दबाबमा पर्थे र ? गरे सुखत पुर्नमिलनको उद्घोष र भने– ‘अँस्ती मैले भिडियोमा गरेको हार–गुहारसमेत बाहिर ल्याउनुस् ।

यसरी मिलेका ती जोडीहरुले दोश्रो पटकको सुहागरात हिजो सदरमुकामको एक होटलमा मनाए । आज चरी फुरुरु ……खै कता उडे । सहभागीहरुले नेपाली फिल्मको यस्तो गीत गुनगुनाउँदै थिए–‘आँधीले रोक्न सक्दैन हुरीले छेक्न सक्दैन्…..।’
साभार न्युज २४

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार