ब्ल्याकमेल गर्ने पत्रकार घुस सहित रंगहात पक्राउ । २० हजार घुस नपाउदा सवारी दर्ता रद्ध ! (भिडियाे)

गृहमन्त्री रामबहादुर थापाको स्पीड तारिफ योग्य छ । हुन त निर्माण व्यवसायीहरुले उहाँलाई जंगबहादुरको संज्ञा दिइरहेका छन् तर सुशासन आउँछ, गुण्डागर्दी ठेगान लाग्छ, सिण्डिकेट तोडिन्छ, भ्रष्टाचार घट्छ भने जंगबहादुर त के हिटलर नै भएपनि जनतालाई खासै मतलब छैन ।

चर्को मुल्यबृृद्धी, खाद्यान्नमा मिसावट, असुविधाजनक सार्वजनिक सवारी, सुस्त ग्राहक सेवा, वैदेशीक रोजगारीमा ठगी, ठेक्का पट्टामा घोटाला, अपराध र गुण्डागर्दी चर्को बैैंक र सहकारीको व्याजदर, खाल्डै खाल्डा भएका धराप जस्ता बाटा घाटा, कहिले समयमा नउड्ने हवाई यात्रा जस्ता सयौँ सयौँ समस्या समाधान गर्न यहाँ बिकासमुखि जंगबहादुर र बिकास मुखि हिटलर नै बन्नु पर्छ ।

आफ्नो घरबार बन्दकी राख्ने साना तिनो व्यापार गर्न खोज्यो टोलको एउटा निकम्मा आवारा ४ जना लफंगा बोकेर तर्साउन आउँछ । आफ्नो घर खेत राखेर व्यापार गर्नु छ त्यो लफंगाालाई किन पैसा खुवाउनु ? जोगाई देलाकी भनेर पुलीसको शरणमा गयो प्रहरीको मुल्य गुण्डाको भन्दा चर्को । यस्तो खुलेआम अराजकता रोक्न कडा भन्दा स्टेप चाल्नु पर्दैन ?

अर्को कुरा, अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई पावर नदिएको कि म्यानपावर नदिएको ? विकसित देशहरुमा यो अख्तियारको दुरुपयोग एकदमै कम हुन्छ त्यसैले थोरै म्यानपवार भए पुग्छ । यहाँ त हरएक क्षेत्रमा घुसखोरी चल्छ । जो सँग जे छ त्यसले त्यही बेचेर खान्छ ।

लाइसेन्स बनाउने विभागले लाइसेन्समा नै खान्छ, विजुली अड्डाले विजुलीमै खान्छ, मालपोतको जीम्मेवारी पाएकोले मालपोतमै खान्छ, श्रमको ले श्रममै खान्छ, प्रशासनिक निकायले त्यसैमा खान्छ, नापीले नाप्दा नाप्दै खान्छ । भन्सारको जिम्मा लिएकोले भन्सारमै खान्छ, ठेक्का पट्टा पाउनेले रोडा, गिट्टी बालुवा, सिमेन्ट अलकत्रा समेत केही केही नछोडी खान्छ, खानेपानी, ढल मल कोही केही छोड्दैनन्, सबका सब खान्छन् ।न्युज २४ बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार