– प्रदिप थिगं तामागं
सदियौं बाट आफ्नो पदमा हेर उभिएको हिमाल
न डगमगाउछ , न लच्किन्छ हेर कसरी उभिएको हिमाल
बादल र हिउको पछेउरीले ढाक्छ शरिर हिमाल
जतिनै विपत आई परोस कहिल्यै आसुँ झार्दैन हिमाल
आहाँ कति राम्रो हिमाल….
जे जस्तो समस्या आयो सबै सगं लड्यो हिमाल
त्येसैले त संसार भरिमै सबै भन्दा ठुलो छ हिमाल
न कहिल्यै गर्छ झगडा न हुन्छ निरास हिमाल
हाम्रो देशको श्रीपेच बनि सजिएको छ हिमाल
आहाँ कति राम्रो हिमाल….
दुख भुल्छु पिडा बिर्सन्छु हेरी म हिमाल
मनको रोग निको पारी शान्ती दिने हिमाल
गर्मीमा बरफ पगाल्दै चिसो पानी दिन्छ हिमाल
खेत बारीमा पुगी पानी मान्छेको जिवन धान्छ हिमाल
आहाँ कति राम्रो हिमाल….
नडगमगाई सम्हाल्यौं भने तिम्रो जिवन हुन्छ सारा हिमाल
तिमी पनि छुन सक्छौ तारा भएर अग्लो हिमाल
तिमी नडराउ आधी र हुरी संग ठडि भनिरहेछ हिमाल
म जस्तै डटि सामाना गर तुफान संग भनिरहेछ हिमाल
आहाँ कति राम्रो हिमाल….
अटल जो बस्न सक्छ आफ्नो पथमा समस्या आउदा पनि
मिल्छ सफलता उस्लाई जिवन जिउदा पनि, मर्दा पनि
आहाँ कति राम्रो हिमाल….
आहाँ कति राम्रो हिमाल….