कुरा काट्नेहरुलाई रवीको सिधाकुराः ‘चोरलाई लखेट्छौं, कठालोमा समात्छौं र प्रहरी चौकी पु¥यौउछौ’


कहिले काँही यो कार्यक्रमको प्रारुप, यसको प्रस्तुती र विषयहरुमा गरिने फलोअप र स्थलगतरुपमा पुगेर गरिने रिपोर्टिङका विषयमा प्रश्नहरु उठ्छन्, आलोचनाहरु हुन्छन्, टिप्पणीहरु गरिन्छन्, व्याख्याहरु गरिन्छन् । सयम समयमा विभिन्न कोणबाट कोही घुमाएर आर्टिकल लेख्छन्, कोही सामाजिक संजालमा अर्ती दिन्छन्, कोही अन्तरर्वाताहरुमा सुझाव दिन्छन् । सबको भनाई हुन्छ कि प्रहरी बन्न खोज्यो, न्यायाधिस बन्न खोज्यो ।

यी जिज्ञासा, प्रश्न आलोचना, सुझाव, टिप्पणी जे जे ज जसले गर्नुभएको छ म आज सबैलाई विनम्र्रपुर्वक स्पष्ट पार्ने अनुमति चाहान्छु । हामी प्रहरी, प्रशासन, अदालत कहिले पनि होइनौ, न कहिले हुने नै छौँ । यो कार्यक्रम पत्रकारीताको उत्कृष्ट अभ्यास पनि होइन ।
यो कार्यक्रम, प्रमाणसहित विकृतिको पर्दाफास गरिने कार्यक्रम हो । ठगीको सम्पुर्ण प्रमाणको अडियो, भिडियो देखाइसकेपछि त्यो जैरे वेवकुफलाई ठग भन्न कसको अनुमति लिनु पर्छ र ?

घुस खाने नम्वरी घुसियालाई रंगेहात पक्राउ गरिसकेपछि तपाईलाई सेवाग्राही सँग घुस लिन लाज सरम लाग्दैन भनेर सोध्न पत्रकारीताको कुन कुन किताब पढ्नु प¥यो, कुन आचारसहिंताको पालना गर्नु प¥यो ?

समस्यालाई चर्को रुपमा उठाउनु त्यसको फलोअप गरेको ग¥यै गरिरहनु र गोरु खटे जसरी अहोरात्र खटेर समाधान गराएरै छोड्नुलाई नेगेटिभ जर्नलिज्म भनिन्छ भने हे प्रिय विद्वानहरु यस्तो नेगेटिभ जर्नालिजम अर्को २÷४ वर्ष यसै गरी गर्न पाँऊ ।
यहि नेगेटिभ जर्नलिजमको प्रभावले दर्जनांै चेलीहरुलाई विदेशको काल कोठरीबाट स्वदेश ल्याउने गौरव त प्राप्त भएको छ । सयौँ सरकारी कार्यालयको खुल्ला घुसखोरी ठेगान लाग्ने क्रममा त छ । निमुखालाई मारेर आँफु मात्र मोटाउनेहरुको होस् उड्ने क्रममा त छ, कयौँ बलात्कारीहरु
निदाउन नसकी डाक्टरलाई स्लीपिङ ट्याबलेट लेखाउँदैछन् ।

तर प्रहरी बन्नलाई न बर्दी छ न हतकडी । न्यायाधिस बन्नलाई, न कानुनका दाफहरु कण्ठ छन्, न कालो कोट । तपाईको आँखा अगाडी कसैले एउटी महिलाको पर्स लुटेर लग्यो भने तपाई के गर्नु हुन्छ ? म त पत्रकार परे भनेर चोर भागेको भिडियो खिचेर बस्नु हुन्छ ?

हामी फरक ढंगले हेर्छौ । त्यो चोरलाई लखेट्छौ, त्यसको कथालोमा समात्छौ र नाक रगडीने गरी घिसारेरै भएपनि प्रहरी चौकी पु¥यौउँछौ । गरेको यत्ति हो । जुन ठाँउको जुन बाटो,जुन ठेकेदारले कमजोर बनाएको हो त्यही सम्बन्धीत ठेकेदारसँग सिधाकुरा लाइभ गर्छौ ।

विदेश लैजाने निहुँमा सोझो गाँउलेलाई ठग्ने ठगले कहिल्यै नेशनल टेलिभिजनमा जवाफ दिनु पर्दैनथ्यो । अहिले दिनु परेको छ र त कयौँ युवाहरु ठगीनबाट जोगिएका छन् । यति जाबो काम गर्न प्रहरी, अदालत बन्नु पर्छ ? यो देशका हर व्यक्ति ले आफ्नो मुलुकप्रति गर्नुपर्ने जिम्मेवारी हो यो ।

गर्न त देशकै प्रधानमन्त्रीलाइ्र्र हरेक हप्ता लाइभ टेलिभिजनमा ल्याएर पनि कार्यक्रम चलाईयो नि । तर आम सर्वसाधारण दाजुभाई दिदी बहिनीका साना साना समस्याहरु बारे रिपोर्टीङ गरी ती साना साना समस्याको हल गरेपछि तिनको मुहारमा देखिएको खुसी देख्दा गर्वले छाती टुँडिखेल जत्रो हुन्छ ।

हामीले के के न गरेका छौं, हाम्रो आलोचना कसैले नगर भन्न खाजेको होइन । तपाई विद्धान, अग्र्रज, सहकर्मीहरु ठुला मान्छेका ठुला ठुला कुरा ठुला ठुला बल्ड्याङग्रे हेडलाइनमा लेख्दै, बोल्दै र देआउँदै गर्नुस । त्यतीन्जेल हामी साना साना समस्याहरुका कुरा गर्छौ । सिधाकुरा ।

बांकी रह्योे चर्काे आवाजमा बोल्ने कुरा । देशका गांउ गाउमा जाँदा बृद्ध बा आमाहरुले टाउकोमा हात राखेर आर्शिवाद दिदै भन्नु भएको छ, बावु बुढा बु्ढी भईयो काम कम सुन्छौ अलि चर्काे बोल है । न्युज २४ बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार