संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागी सिफारिस गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलबार बसेको निर्वाचनपछिको पहिलो परिषद् बैठकले जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले पराजुलीको नाम संसदीय सुनुवाइका लागी संघिय संसद्मा पठाएको छ । सङ्घीय सांसदले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रावधान छ ।
प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्बाट संवैधानिक परिषद् आएको र त्यसमा छलफलपछि कायममुकायम प्रधानन्यायाधीश जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागी सिफारिस गरिएको कानुनमन्त्री शेर बहादुर तामाङले जानकारी दिए ।
२०११ साल असोज २४ गते जन्मिएका कायममुकायम प्रधानन्यायाधीश जोशीले एमएबिएल सम्मको अध्ययन गरेका छन् । भने २६ बर्षभन्दा बढि न्यायसेवामा विताईसक्नुभएको छ । कानुनमन्त्री तामाङले छिटै अख्तियार प्रमुखको पनि नियुक्ती गर्ने बताए ।