पछिल्लो समय डा. देवकोटाको दुवै मृगौलाले काम गर्न छाड्यो -डा. उपेन्द्र देवकोटाको मृत्युसँग पैंठेजोरी(भिडियोसहित)

पित्तबाहिनी नलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । अहिले उनको दुवै मृगौला समेत फेल भैसकेको चिकित्सकहरुले बताएका छन् ।

पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण डाक्टर देवकोटाको मृगौला फेल भएको हो । मृगौला फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ । हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको समेत चिकित्सकको भनाइ छ । डा देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन् । मृगौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्यासिंह शाह संलग्न छन् । मृगौला फेल भएपछि डाक्टर देवकोटाको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । यही कारण उनकोे भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

आफ्नै जन्मघर पुगेर सिस्नेखोलाको पानी खाए देवकोटाले

आफ्नो जन्म थलो र आफ्नो जन्म घर कसलाई प्यारो लाग्दैन र झन् त्यसमा पनि जीवनको गम्भीर अवस्थामा थालिएको बेला दिनदिनै स्वास्थ्यलाभ र दीघार्युको शुभेच्छा ग्रहण गरिरहँदा पनि निर्मम सत्य स्वीकाुर्न पर्छ । डा. उपेन्द्र देवकोटा जीवनको अन्तिम क्षणमा छन् । पित्तथलैमा क्यान्सर भएपछि बेलायतमा समेत उपचार संभव नभएपछि शाश्वत सत्य स्वीकारेर नेपाल फर्किएका देवकोटालाई उनकै चाहनामा शनिवार थातथलो गोरखा लगिएको यो दृष्य । हेलिकप्टर मार्फत लैजाने बेलामा परेको मुसलधारे पानीले देबकोटालाई हेलिकप्टरले उठाउन नै मुस्किल परेको थियो । केही बेरको प्रयासपछि उनी जन्मघर प्रस्थान गरेका थिए ।

कर्मका खातिर जहाँ पुगे पनि मानिसले थातथलो भुल्दैन । अझ जीवनको अन्तिम अन्तिम क्षणमा त आफू जन्मेको घर, टोल छिमेक, पानी पंधेरो, आँगन चौतारीले तान्दो रहेछ । पिँढीमा सुस्ताएर पधेंराको पानी खाने इच्छा जाग्दो रहेछ । बरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटालाई त्यही इच्छा भयो, लाग्यो ।
घरभन्दा करिब समय मिटर माथि बनाइएको हेलिप्याडमा देवकोटा उत्रिदा आफन्तसहित ४÷५ सय शुभचिन्तकले स्वागत गरेका थिए । देवकोटालाई घरमा लगेर पिँढीमा राखियो । र, छोरी बसुदाले घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याइन । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई खुवाइयो ।

पुख्र्यौली घरमा पुग्दा देवकोटाको मुहार तुलनात्मकरुपमा हँसिलो देखियो । तर, भेट्न आएकासँग उनले दोहोरो सम्वाद भने गरेनन् । जन्मघरमा करिब ४५ मिनेट बिताएपछि देवकोटालाई काठमाडौं नै फर्काइयो । स्वास्थ्य अवस्था थप प्रतिकुल बन्दा शुक्रवार राति नै देवकोटाको अवस्थालाई लिएर अफबाह फैलिएको थियो । शनिवार विहान न्यूरो अस्पतालले कलिलो घाम ताप्न भन्दै देवकोटालाई सार्वजनिक गरेपछि सत्य बाहिर आए पनि परिवारजन आफन्त र अस्पतालसँग सम्पर्क नै नगरी फैलाइएको अफवाहप्रति दुःखित पनि छन् ।

पित्त थैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) छ । यसको उपचारका लागि उनले बेलायतमा किमोसमेत लिएका थिए । तर, त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देवकोटालाई वैशाख १५ गते नेपाल फर्काइएको थियो । बेलायतबाट स्वदेश फर्किएपछि देवकोटा न्यूरो अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार देवकोटालाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा ठीक भए जस्तो हुने गरेको छ ।

रोग र मृत्युले न धनि गरिब छुट्यायो न चिकित्सक नै भन्यो । मृत्युसंग लडेका हजारौँ विरामीलाई ठिक पारेका बरिष्ठ डाक्टर आफुँचाही उम्किन सकेनन् । करिब २० हजार बिरामीको अप्रेसन गरिसकेका र १० लाख बिरामीलाइ प्रत्यक्ष जाँचेका एक बरिष्ठ न्युरो सर्जन डा देवकोटालाई क्यान्सर रोगले यो अवस्थामा पु¥याएको छ ।

मृत्यु नजिकै चियाइरहेको छ, र अबस्यम्भावी छ । तर ढुकढुकी जीवितै छ । गम्भीर रोग पित्तवाहिनी नलीको क्यान्सरबाट थालिएका डाक्टर देवकोटा मृत्युसँग पैठेजोरी खेलिरहेका छन् ।

देवकोटाकै लागि निर्माण गरियो हेली आईसीयु

पित्तथैलीको क्यान्सरले गम्भीर अवस्थामा उपचार गरिरहेका डा उपेन्द्र देवकोटाले आफ्नो गृह जिल्ला जाने इच्छा व्यक्त गरे । तर उनको अवस्थाले देवकोटाको ईच्छा पुरा गर्नु कुनै हालतमा संभावना थिएन । तर मेडसिटि अस्पतालका इमर्जेन्सी तथा एभिएसन बिशेषज्ञ डा संजय कार्र्कीले यो असंभव कुरालाई पनि संभव बनाईदिए । नेपालमा नै पहिलो पटक देवकोटाले राखेको ईच्छा पुरा गर्नकै लागि भनेर हेली आइसीयु को निर्माण गरियो ।

गत शनिबार उपचार कै अवस्थामा उपचार गर्दै उनलाई मिडिसिटि अस्पतालले हेलिकप्टर मार्फत गोर्खा लागेको थियो । गम्भीर अवस्थामा रहेका डा देवकोटालाइ कसरी गोर्खा लैजान सम्भब भयो भन्ने धेरैको जिज्ञासा पनि थियो त्यहि क्रममा अब नेपालमा एयर एम्बुलेन्स मात्र होइन बिज्ञ सहित हेली आइसीयु को सेवा समेत उपलब्ध रहेको पत्ता लागेको हो । मेडसिटि अस्पतालका इमर्जेन्सी तथा एभिएसन बिशेषज्ञ डा संजय कार्र्कीले डा देवकोटालाइ हेलिकप्टर नै आइसीयु बनाएर गोरखा लगेका हुन् ।

डा. देवकोटाकै लागि तयार गरिएको यो हेलि आईसियु नेपालमा नै पहिलो हो । यसले डा. देवकोटाको त ईच्छा पुरा ग¥यो नै साथै अब आकस्मिक रुपमा हुने दुर्घटनामा हेली आईसियु प्रभाबकारी हुने बिशेषज्ञ को भनाइ छ । दुर्घटना स्थल बाट उद्दार गरेर हेलिकप्टरमार्फत उपचार गर्दै अस्पताल पुर्याउन सकिन्छ । भौगोली दूरताका कारण समयमानै उपचार नपाएर हरेक वर्ष अकालमा ज्यान गुमाउनेहरुको संख्या वढ्दो छ । कतिले पैसा भएर पनि एयर एम्बुलेन्स सेवा नहुदा ज्यान गुमाएको उदाहरण धेरै छन । हवाई दुर्घटना होस वा रोड दुर्घटना जस्तो सुकै दूरदराजको घटना किन नहोस हेलिकप्टर बाटै उपचार गर्दै अस्पताल सम्म ल्याउन सक्ने प्रबिधि नेपालमा नै भित्रिएको छ ।

डा. उपेन्द्र देवकोटा नेपालको त उत्कृष्ट न्युरोसर्जन छन नै साथै उनी एसियाकै चर्चित न्युरोसर्जन मध्येका एक हुन । उनले आफ्नो जिवनकालमा ३० वर्षको अवधिमा १८ हजार भन्दा बढी मानिसको शल्लेक्रिया गरेका छन । १० लाख भन्दा बढि मानिसको चेक जाँच गरेका छन । त्यसमध्ये अधिकांसलाइ्र्र उनले नयाँ जिवन दिएका छन । उनले विर अस्पतालमा २५ वर्ष जनताको सेवा गरका छन भने त्यसपछि उनले बांसबारीको न्युरो हस्पिटलमार्फत बिरामीको सेवा गर्दै आएका छन । डा. देवकोटाले गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका हुन । बिद्यालयमा उनले आफुलाई सधैँ आफुलाई एक अब्बल बिद्यार्थीको रुपमा सावित गरे । बिद्यालयमा मात्र होईन उनले कलेज र चिकित्साशास्त्र अध्ययनमा पनि आफुलाई अब्बल नै सावित गरे ।

तर सबै ठाउँमा अब्बल भएर उनले आफ्नो स्वाथ्यलाई भने अब्बल बनाउन सकेनन् । जसका कारण लाखौँ मानिसहरुको उपचार गरेर उनीहरुलाई नयाँ जिवन दिने डा. देवकोटा अहिले आँफैँ मृत्युसंग पौँठेजोरी खेलिरेहका छन । २२ घण्टा लगाएर पनि सफल अपरेसन गर्ने देवकोटालाई भने कुनै अपरेसनले नयाँ जिवन दिन सकेन । यतिबेला न्युरो अस्पतालमा उपचाररत देवकोटाको दुई ओटै मृगौला फेल भएका छन र पित्तनलिमा क्यान्सर भएको छ । सबैको टाउकाको जिम्मा लिएका देवकोटालाई लागेको क्यान्सरको जिम्मा लिग्ने भने कोही भएनन् । कुनै पनि औषधीमुलो र कुनै पनि वैज्ञानिक उपचार पद्धतीले निको बनाउन नसकेका देवकोटा यतिबेला आफ्नो जीवनसँग संघर्ष गरिरहेका छन् । न्युज २४ बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार