महिलाहरूको गहनाप्रतिको मोहलाई शब्दमा वर्णन गर्न सकिँदैन । महिलाहरू विभिन्न कार्यक्रम तथा उत्सवहरूमा गहनाका साथ सहभागी हुन रुचाउँछन् । आफूसँग भएको बचतलाई महिलाहरू गहना खरिदमा खर्च गर्छन् ।
महिलालाई गहना निकै सुहाउँछ पनि । गहना लगाएपछि त्यसको हेरचाहमा पनि उत्तिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ । जतन गरेर राखिएन भने गहनाको चमक तथा सुन्दरतामा ह्रास आउँछ ।