जुन १४ देखि रुसमा हुने फुटबलको सबैभन्दा ठूलो पर्व विश्वकप फुटबल प्रतियोगिताको लागि पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो सहित टोली रुस पुगेका छन्।
पोर्चुगलले यहि जुन १५ मा स्पेनविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।रोनाल्डो र उनको टोलीलाई रुसमा परम्परागत रुपमा भव्य स्वागत गरिएको छ।
प्रहरीले एयरपोर्टदेखि पोर्चुगलका खेलाडी बस्ने होटल क्राटोभोमासम्म सुरक्षा व्यवस्था कडा पारेको छ।
दुई बर्षअघि युरोकप जितेको पोर्चुगल फिफा वरियतामा चौथो नम्बरमा छ।यसअघि पानामा,स्पेन लगायतका देश विश्वकप खेल्न रुस पुगिसकेका छन् भने अरु देशका खेलाडी आउने क्रम जारी छ।
प्रत्येक चार बर्षमा आयोजना हुने यस प्रतियोगितामा ३२ राष्ट्रले सहभागीता जनाउनेछन्।