काठमाडौँ। जाह्नवी कपूरको डेब्यु फिल्म ‘धडक’ को ट्रेलर भोलि रिलिज हुने भएको छ। फिल्मको पोस्टरको जाह्नवीको लुकको तुलना दिवंगत अभिनेत्री श्रीदेवीको लुकसँग गरिएको छ।
फिल्मको जारी पोस्टरहरुमा जाह्नवी कपूरका थुप्रै फ्यानहरुले लेखेका छन् – श्रीदेवी फिर्ती भएकी छिन्। जाह्नवी कपूर आफ्नो डेब्यु फिल्मको बारेमा निकै चिन्तित छिन् तर उनको यो फिल्म कस्तो हुनेछ भन्ने बारे केही हद सम्म फिल्मको ट्रेलरबाट अनुमान गर्न भने सकिन्छ।
‘धडक’ फिल्म सुपरहिट मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमेक फिल्म हो। यस फिल्मको पोस्टरले मानिसहरुका दिल जित्न सफल भए तापनि यस फिल्म हिट साबित हुनेछ या हुँदैन त्यो हेर्न बाँकी छ।
तथापि जाह्नवीले चाँडै नै यस ग्ल्यामर वर्ल्डमा स्वयमको लागि एक विशेष स्थान बनाउन सफल भएकी छिन्। आफ्नो फेसन स्टेटमेन्टको कारण जाह्नवी चर्चामा रहिरहन्छिन्।
जाह्नवीलाई प्राय: उनकी सुपरस्टार आमा श्रीदेवीसँग तुलना गर्ने गरिन्छ।
जाह्नवी पछिल्लो समय आफ्नो नवीनतम फोटोशूटको कारण चर्चाको विषय बनेकी छिन्।
जाह्नवीको डेब्यु फिल्म ‘धडक’ को रिलिज डेट नजिकिदै गईरहेको छ, यस क्रममा उनले आफ्नो बोल्ड फोटोशूटको माध्यमबाट मानिसहरुका ध्यानाकर्षण गरिरहेकी छिन्।
विगतको तुलनामा अहिले जाह्नवी सामाजिक सञ्जालमा निकै सक्रिय रहदै आएकी छिन्। उनले हालै आफ्नो एक जोकर लुकमा फोटो शेयर गरी फ्यानहरुसँग ठट्टा गरेकी थिईन। उनले फ्यानहरुसँग जिस्किदै एक हलिउड फिल्मको प्रस्ताव आएको बताएकी थिईन।
यसमा कुनै दुई मत छैन कि भोलि ११ जुनमा रिलिज हुन् गईरहेको ‘धडक’ फिल्मको ट्रेलरमा जाह्नवीको तुलना उनकी आमा श्रीदेवीसँग अवश्यै हुनेछ।