लव-कुश अयोध्याका राजा रामका जुम्ल्याहा पुत्र थिए। सिता माता अयोध्याबाट निर्वासन पछि लव-कुशको जन्म वाल्मीकि आश्रममा भएको थियो।लव-कुशले सम्पूर्ण शिक्षादिक्षा देखि लिएर विभिन्न युद्धकला समेत वाल्मीकि आश्रममै वाल्मिकी ऋषिबाट प्राप्त गरेका थिए।
अश् मेध यज्ञको लागी स्वतन्त्र छोडिएको घोडाको निधारमा लेखिएको थियो- ‘यदि यो घोडालाई कसैले समातेमा त्यसलाई युद्धको लागी चुनौती दिएको ठहरिनेछ र अयोध्याको सेनासँग लडाई गर्नपर्नेछ।
जव त्यो घोडा वाल्मिकी आश्रम नजिकै पुग्यो लव-कुशले उक्त घोडालाई समाते।जब अश् मेध यज्ञको घोडा दुई साना वालकले समातेको खबर अयोध्या दरबारमा पुग्यो उक्त घोडा छुटाउन अयोध्याबाट रामका भाइहरु शत्रुघ्न लक्ष्मण,भरत,जस्ता योद्धाहरु गए तर युद्धमा उनीहरुलाई लव-कुशले एकपछि अर्को गर्दै पराजित गरे। राजा रामका परम भक्त हनुमानलाई समेत लव-कुशले बन्दी बनाएर राखे।
आफ्ना अति शक्तिशाली भाईहरु,सेना सहित पराजित भएको खबर राजा रामले सुनेपछि उनी स्वयं युद्धको लागी गए। राजा राम युद्ध मैदानमा पुगेपछि आफ्ना थुप्रै सैनिकहरु र आफ्ना भाईहरु समेत मुर्छित अवस्थामा देखेर लव-कुश सँग क्रोधित भए।
युद्धको मैदानमा रामले लव-कुश नै आफ्ना दुई जुम्ल्या सन्तान हुन् भन्ने कुरा र लव-कुशले अयोध्याका राजा राम आफ्ना पिता हुन् भनेर थाहाँ पाएका थिएनन्। किनकी उनीहरु सीता वनमा निर्वासनमा रहेको अवस्थामा लव-कुश जन्मिएका थिए।
मैदानमा पुगेपछि घोडा समातेका दुई साना अवोध वालक लव-कुश देखेर रामलाई उनीहरुसँग लडाई गर्न र दण्ड दिन मन लागेन। रामले लव-कुशलाई भने-वालकहरु यदि तिमिहरुले अश् मेध यज्ञको घोडा छोडिदिए तिमिहरुलाई कुनै सजाय हुने छैन माफि दिइनेछ।
आफ्ना पिता अर्थात राजा रामको कुरा सुनेर लव-कुशले लडाईमा जितेर घोडा लैजान तर यत्तिकै घोडा नछोड्ने चुनौती दिए।लव-कुशको चुनौतीपछि राजा रामले मन-नलागी धनुष उठाउन खोज्दा बिचमै वाल्मीकि ऋषि आएर युद्ध हुनबाट रोके।
यसरी रामायणमा आफ्नै पिता र सन्तान बिच लडाई हुन पाएन।