काठमाडौं । महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसीलाई चुडामणि उप्रती ‘गोरे’सहित उनको टोलीलाई जंगलमा लगेर ‘गोली हान्न’ दिएको अडियो सार्वजनिक भएपछि छ नयाँ तरंग छाएको छ ।
डीएसपी प्रजित केसीले आफ्नो मोवाइलमा सुरक्षित रहेको अडियो जिल्ला अदालत मोरङमा बुझाएको भनिएको सो टेप अहिले सार्वजनिक भएको छ ।
सामान्यतः प्रहरीको नियन्त्रणमा आइसकेपछि कसैलाई पनि गोली हान्न पाइँदैन । तर सनम शाक्यको हत्यापछि इटहरी पुगेको डीएसपी केसीको टोलीले सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न रहेकाहरुलाई ‘नक्कली इन्काउन्टर’ को योजना बनाएको समिति स्रोत बताउँछ ।
अनुसन्धान टोलीका सदस्यका अनुसार लोहनीको नेतृत्वमा महाशाखाको टोलीले नियोजित रुपमा हत्याको योजना बनाएको देखिएको छ । यसलाई समितिले गम्भीर रुपमा लिएको छ । यसले गर्दा अनुसन्धानको पाटो नै मोडिएको टोलीको प्रतिक्रिया छ ।
गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका एक सदस्यले ‘इन्काउन्टर’ गर्न खोज्नुको कारण यसरी खुलाए ।
पहिलो कारणः डीएसपी प्रतिज केसी एसएसपी लोहनीको निर्देशनअनुसार चलेको पाइएको छ । लोहनीकै योजनाअनुसार केसी २ करोड रुपैयाँ लिएर त्यसपछि गोरेलाई नै मार्न उद्यत रहेको देखिन्छ । गोरेलाई मार्दा मुख्य अभियुक्त नै मरिसकेको छ भन्दै घटना त्यसै सेलाउन सक्थ्यो ।
दोस्रो कारणः गोरेलाई मार्नुअघि सुन तस्करीमा संग्लन गिरोहको बारेमा जानकारी लिएर महाशाखाको टोली आर्थिक बार्गेनिङ गर्न चाहन्थ्यो । तर गोरेले प्रहरीको चाल बुझेर आफूलाई सुरक्षित बनाए ।
तेस्रो कारणः यो प्रकरणमा जोडिएका