काठमाडौं । तीन बर्ष अघिको भूकम्पले पाशुपत क्षेत्रमा रहेको महत्वपूर्ण सम्पदा विश्वरुपामा समेत क्षति पु¥यायो । क्षति पुगेको विश्वरुपाको रुप त्यही अवस्थामा छ, जुन भूकम्पले क्षति पु¥याएको थियो । विश्वरुपाको महत्व र यस्को ख्याति श्लेषमान्तक जंगलको बीचमा मौन होला तर यस्को महत्व बुझ्नेले पनि यसप्रति देखाएको उदासिनताले सबैलाई अचम्ममा पारेको छ ।
आशुतोष महादेवको अलौकिक शक्तिकोरुपमा विश्वरुपाको पूजा गरिदै आएको छ । विसं १९१९ मा जङ्गबहादुर राणाले जिर्णोद्धार गरेको विश्वरुपा मन्दिरलाई २०७२ को भुकम्पले नराम्ररी क्षति पु¥यायो । विश्वको विशाल मूर्तिहरु मध्येको विश्वरुपामा मन्दिरमा रहेको मूर्ति पनि एक हो । गुम्बज शैलीमा निर्माण गरिएको मन्दिरको बाहिरपट्टि उत्तरी भागमा नेपाल—भोटबीच युद्ध हुँदा फर्कने क्रममा बाटोमा भेटी ल्यााइएको भैरवको मूर्ति समेत स्थापना गरिएको थियो । अहिले विश्वरुपा मन्दिरभित्रका बस्तुहरु यत्रतत्र छरिएको छ भने घाँसपात उम्रेर मन्दिरको पहिलो तलासम्मलाई प्रभावित तुल्याएको छ ।
भूकम्प गएको तीन बर्ष पुग्दा समेत मन्दिरका महत्वपूर्ण बस्तुहरु जस्ताको तस्तै छाडिदा पुरातत्वीक महत्वका बस्तुहरुको अवस्था के छ यसै भन्न सक्ने अवस्था छैन । मन्दिरको पुर्ननिर्माणका लागि बजेटको विनियोजन हुन नसक्नु दुर्भाग्यको पक्ष बनेको छ । तर पशुपति क्षेत्र विकाष कोषले भने दुई बर्ष भित्र विश्वरुपाको पुननिर्माण पूरा हुने दावी गरेको छ ।
हजारको दरको टिकट काट्दै पशुपति क्षेत्रमा पर्यटकहरु पुग्ने गरेको भएपनि सम्पदाहरुको पुर्ननिर्माण नहुनु बिडम्बनाको पक्ष बनेको छ । आफना बावु बाजे तीन पुस्तादेखि नै विश्वरुपाको रेखदेख गर्दै आएका विश्वरुपाका कर्मचारी सुनिल थापा समयमा निर्माण हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्दछन ।
विश्वरुपा वरपर अहिले शुन्यप्राय छ । विश्वरुपा मन्दिर पुग्दा बाहिरवाट नै सधैजसो ढोका बन्द रहेको देखिन्छ । धेरै विषय र कुराहरु बर्जित गरिएको विश्वारुपाको रहस्य र शक्तिको बारेमा जानकार व्यक्ति कम नै छन् । विश्वरुपाको महत्व आम हिन्दूमाझ प्रष्ट पारेर प्रचार गर्नु पर्ने अवस्थामा पुनर्निर्माणमा समेत उदासिनता देखाइनु न्यायसंगत पक्ष पक्कै हैन ।