अन्य दलसँगको एकता प्रकृयाः नेकपाले यी दुई पार्टीसंग एकता नगर्ने


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ । त्यसका लागि नेकपाका नेताहरूले ती पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् । एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गरेको नेकपाले कम्युनिस्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो ।

स्थायी समतिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी बाहेकका अन्य कम्युनिस्ट पार्टीसँग ढिलो चाँडो एकता हुने दाबी गरे । यी दुई दलले भने नेकपासँग एकीकरण गर्ने सम्भावना कम रहेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार