अमेरीका लान करोडौं ठगी गर्ने ग्रिन कार्ड होल्डर ! (भिडियोसहित)

पुर्व प्रधानमन्त्री बाबुराम भट्राईको ट्वीटबाट आजको प्रशंग उठान गर्न चाहन्छु । डा.भट्राईको ट्वीट पहिला जस्ताको त्यस्तै सुनाउन चाहन्छु । उहाँ लेख्नु हुन्छ, ‘कछुवाकै गतिमा देश चलिरहने भयो भन्ने दसी, प्रत्यक्ष भोगियो । विदेश जान दुतावासमा भिषा निम्ती कुरा गरियो । दुतावासले परराष्ट्रबाट डिप्लोमेटीक नोट खोज्यो । परराष्ट्रले प्रधानमन्त्री कार्यालय पठायो । प्रधानमन्त्री कार्यालयले संसद सचिवालय खेद्दियो । संसद सचिवालयले फेरी परराष्ट्र फर्कायो । एउटा पुर्व प्रधानमन्त्रीको यो दशा, अरुको के ?’

हो यहि हो हामीले बारम्बरा भनेको । भन्ने मात्र होइन हामी त अहिले मज्जाले चिच्याउँछौ पनि । व्युरोक्रेसीको कान काम नलाग्ने भैसकेपछि आफ्नो घाँटीको पर्वाह नगरी कराउनु हाम्रो बाध्यता हो, रहर होईन् । पुर्व प्रधानमन्त्री ज्यु त अझ विशेष अधिकार प्राप्त, प्रिभिजेज्ड लाइफ बाँच्नु हुन्छ, मुलुकको भिभिआइपी ।

आम सर्वसाधारणले भोग्ने कयौं समस्या बारे सुन्नु भएको होला, भोग्नु भएको छैन । मालपोत, वैदेशीक रोजगार, जिल्ला प्रसासन, प्रहरी कार्यालय, हरेक ठाँउमा हुने ढिला सुस्ती, विचौलीयाको ताण्डव, हाकीमको झर्की फर्की केही केही पनि देख्नु नपरेको कारण तपाई यस मानेमा धेरै भाग्यमानी ।

प्रधानमन्त्री देखि मन्त्रीसम्मले भन्ने एउटै कुरा, अब ढिलासुस्ती सहिदैन, भ्रष्टाचार सहिदैन । यो मुखले बोल्ने की हातले गर्ने ? ढिला सुस्ती सहिदैन भन्नेकी छिटो छिटो काम गर्ने ? भ्रष्ट्राचारी उम्कीदैन भन्ने कि भटाभट भ्र्रष्टाचारी समाउने ?

सेवाग्राही आउने कार्यालय सिंगल फ्लोरको होस् जहाँ एउटै झ्यालबाट सारा काम होस् । ताल न बेतालसँग ३/४ तल्ला किन राख्नु प¥यो ? अनि फाइल बोकेर त्यो कोठामा जानुस् र त्यो कोठामा जानुस् भनेर सेवाग्र्राहीलाई दौडाएको दौडाई किन गर्ने ?

तपाईको काम तपाई गर्नुस न । कार्यालय सहयोगी राखेको किन, खाली चिया मगाउन ? कोठाहरु बन्द किन राख्ने ? एउटै तल्लामा एउटै झ्यालबाट एकै छिनमा काम सकिन्छ, यदि अफिसका तल्लै पिच्छेका चिया पकाउने हिटर हटाउने हो भने । न्युज २४ बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार