म्याच फिक्सिङको अभियोग लागेका पाँच फुटबलरलाई विशेष अदालतको सफाइ


विशेष अदालतले ‘म्याच फिक्सिङ’को अभियोग लागेका फुटबल खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाईसफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई आज सफाइ दिएको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा आर्थिक प्रलोभनमा परेर ‘म्याच फिक्सिङ’ गरेको आरोपमा २०७२ असोजमा पक्राउ परेका उनीहरु विरुद्ध २०७२ कात्तिक २२ गते राज्यविरुद्धको अपराध मुद्दा दर्ता गरिएको थियो ।

उनीहरुले प्रहरीसामू ‘फिक्सिङ’ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायत १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा उनीहरुले मिलेमतो गरेको प्रहरीको दावी थियो । अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ (एएफसी)ले भने ‘म्याच फिक्सिङ’मा संलग्न रहेको भन्दै २०७२ मंसिरमा उनीहरुलाई आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार