भगवान श्रीरामले सीतालाई किन नारीले विद्रोह गर्नुपर्छ भने ?

दशरथ पुत्र तथा अयोध्याका राम भगवान विष्णुका अवतार मानिन्छन्।राम आजपनी एक आदर्श पात्रका रुपमा स्थापित छन्।राममा घमण्ड,लोभलालच थिएन।त्यसैले त उनले आफ्नी सौतेनी आमाको इच्छा बमोजिम १४ बर्ष कठोर वनवासमा बिताए।

चौध बर्ष वनवासको क्रममा लंकाका राक्षस राजा रावणले सीतालाई अपहरण गरेर लंकामा लगेर राखे।सीतालाई मुक्त गराउन लंकाका सेनासँग ठूलो युद्ध भयो।युद्धमा रावणका छोरा इन्द्रजीतले प्रहार गरेको शेषनाग बाणले राम र उनका भाई लक्ष्मण दुवै मुर्छा परे।अन्तिममा राम रावणबिच भएको भिषण युद्धमा रामले रावणको वध गरे।यो युद्धलाई असत्यमाथी भएको सत्यको जीत पनि भनिन्छ।

राम दु:ख र समस्या पर्दा कहिल्यै विचलित हुँदैन थिए।हरेक समस्यालाई सुझबुझका साथ सोचेर र सरसल्लाह गरेर निर्णय लिने गर्दथे।चौध बर्षको लामो वनवासबाट फर्किएपछि राम अयोध्याका राजा भए।उनी आफ्ना प्रजालाई सुखी र खुशी भएको देख्न चाहान्थे।उनीहरुको अहित हुने जनचाहना विपरितका काम गर्दैन थिए।

तर,राजा भएको केहि समयपछि रावणले अपहरण गरेर लंकामा लामो समय राखेका सीताको चरित्र माथी प्रश्न अयोध्याका केहि मानिसले प्रश्न उठाएको खबर राजा राम समक्ष पुगेपछि रामले सीतालाई त्यागेर वनवास पठाउँने निर्णय लिए।

रामले राजधर्म निभाउन आफू विवस भएको र राजा भएपछि निजी भावना र स्वार्थ केहि नहुने र जनताको चाहना अनुसार काम गर्नपर्ने भन्दै सीतालाई वनवास जाने आदेश दिए।

तर,आफ्नो प्राणलाई भन्दा धेरै माया गर्ने सीतालाई वनवास पठाउँने आफ्नै निर्णयले राम तनावमा परे।उनी सीता भएको ठाउँमा गएर सीतालाई भने-‘यो अन्यायको विरुद्ध नारीले विद्रोह गर्नुपर्छ।’

रामको प्रश्नको जवाफ फर्काउँदै सीताले भनिन्-‘यदि नारीले पनि पुरुषले जस्तै तिर-तरवार चलाउँन थाले भने संसारमा मिठास र भावना कहाँ रहन्छ ? पुरुष तरवारले आफ्ना सत्रुलाई जित्न त सक्छ,तर उसको मनमा अधिकार पाउन सक्दैन,उसको घाउ बाँकी रहन्छ।नारी पुरुषको अत्याचार सहेर पनि त्यसको बदलामा उसलाई प्रेम दिन्छे,एकदिन त्यो मानिस हतियार बिसाएर उसलाई नमस्कार र प्रेम गर्न थाल्छ।’ (हिन्दी धारावाहिक श्रृंखला रामायणबाट)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार