नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुटको एउटा भिडियो भाइरल भएको छ । संसद भवन परिसरमा हिडिरहेको बेला अचानक कफी पोखिएको कफी प्रधानमन्त्री मार्कले आफैँले सफा गरेको भिडियो भाइरल बनेको हो ।
कफी पोखिएपछि मार्कले गिलास उठाए र सरसफाई गर्ने एक कर्मचारीको हातबाट भुईँ पुछ्ने ‘मप’ लिए र सफा गर्न थाले। प्रधानमन्त्रीले भुईँ सफा गरिरहँदा संसद भवनका क्लीनर्सहरुले ताली पड्काउदै उनको तारिफ गरे।
एक जना क्लीनरले झाडू खोस्न खोजेपनि प्रधामन्त्री मार्कले मानेन्। सबै आफैँले सफा गरे। भुईँ सफा गर्न उनले झाडू र रुमाल प्रयोग गरेका थिए।
डज कुटनीतिज्ञ सिज भेन भिकले उक्त भिडियो मंगलबार सामाजिक सञ्जालमा हालेका थिए। उक्त सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रधानमन्त्रीको उक्त कार्यलाई सबैले प्रंशसा गरेका छन्। ५१ वर्षीय यी अविवाहित प्रधानमन्त्री विगत ८ वर्षदेखि सत्तामा छन्।
प्रधानमन्त्री रुट हेगमा रहेको एउटा माध्यमिक विद्यालयमा हप्ताको दुई घण्टा अध्यायपन समेत गराउँछन्।