‘रणवीर’ मङ्सिर १४ मा आउने पक्का

‘रणवीर’ मङ्सिर १४ मा आउने पक्का काठमाडौँ यसअघि गाजाबाजा निर्माण गरिसकेको निर्माण पक्षले निर्माण गरेको नयाँ चलचित्र ‘रणवीर’ आउदो मङ्सिर १४ मा रिलिज हुने भएको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि दुई गीत मात्र बाकि रहेको छ भने यतिबेला पोष्टप्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् ।

उनले चलचित्रमाकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् ।सुशीलसँगै चलचित्रमा प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । यसै चलचित्र मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट चलचित्र नगरीमा डेब्यु गर्दैछन ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । चलचित्र ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाँकन रहने चलचित्र मा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार