महाबली हनुमान कसरी भए श्रीरामको परमभक्त ?


रामायणका एक प्रमुख पात्र हुन् हनुमान।हनुमान रामका परमभक्त मात्रै होइन,इमान्दार पनि थिए। हनुमानबिना रामायण कथा अधुरो हुन्छ।

राम र हनुमानको पहिलो भेटको कहानी पनि अति रोचक छ।सीतालाई रावणले अपहरण गरेर लंका लगेपछि सीताको खोजीमा जंगलमा भौतारिएका राम-लक्ष्मण दाजुभाईलाई बाँदर राजा सुग्रीवले पहिचान गर्न नसकेर आफ्नो शत्रु ठानेर राम-लक्ष्मणको वास्तविकता पत्ता लगाउन छद्मभेषमा गएर बुझ्न हनुमानलाई आदेश दिए।

सुग्रीवको आदेश मानेर हनुमानले पण्डितको रुप धारण गरेर राम-लक्ष्मण भएको ठाउँमा गए।हनुमानलाई देखेर राम-लक्ष्मणले राजा सुग्रीव बस्ने ठाउँमा जाने बाटो सोधे।हनुमानलाई राम-लक्ष्मणलाई अनेकौं प्रश्न गर्न थाले र हनुमानले पनि राम-लक्ष्मणलाई थुप्रै प्रश्न गरे।

कुराकानी हुँदै जादाँ लक्ष्मणले रामलाई अयोध्याका राजा दशरथपुत्र भएको र आफू लक्ष्मण भएको परिचय गराए। जब हनुमानले रामलाई चिने तब उनी भावुक बन्दै रामको पाउमा परे।रामले हनुमानलाई अंकमाल गरे।

हनुमानले आफ्नो विशाल शरीर देखाउँदै सुग्रीव बस्ने पर्वतसम्म पुग्ने बाटो कठिन भएको भन्दै आफ्नो काँधमा राखेर राम लक्ष्मणलाई हावामा उडाएर सुग्रीव भएको ठाउँमा पुर्याए।

हनुमान त्यसैबेलादेखि रामको परमभक्त भए र उनले रामको साथ कहिल्यै छोडेनन्।रामले पनि हनुमानलाई एकदमै माया र आदर गर्थे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार