शिवपुराणअनुसार, त्रेतायुगमा भगवान श्रीरामको सहयोग गर्न र दुष्टको नाश गर्न भगवान शिवले हनुमानको रुपमा अवतार लिएका थिए । भगवान शिवलाई मनपर्ने अवतारमध्ये एक हनुमान थियो। श्रीराम स्वयमले अगस्त्य मुनिसँग भनेका थिए कि रावणलाई पराजय गर्न हनुमानले मुख्य भूमिका निभाए। त्यो समयमा सबै भन्दा शक्ति-शालि हनुमान थिए।
जुन श्रीरामभक्त हनुमानले रामायणमा लक्ष्मणलाई पुनर्जीवित गर्नका लागी जडिबुटी खोज्न सात समुन्द्र पार गरेर पर्वत गएका थिए तर जरिबुटी पहिचान गर्न नसकेको कारण उनले संजीवनी बुटी भएको पर्वतनै उठाएर ल्याएको प्रसंग कथाको रुपमा हामी सबैले सुन्दै र पढ्दै आएका छौ ।
यस्तै अहिले हामीलाई सून्दा अचम्म लाग्छ र खासै विस्वास पनि नलाग्न सक्छ। श्रीलंकाको दक्षिण समुन्द्री किनारमा अहिले पनि यस्ता केही ठाउँ छन्, जसलाई हनुमानले ल्याएका पहाडको टुक्रा झरेको निर्माण भएको मानिदै आइएको छ। संजीवनी बुटी एक आकर्षक प्रकाश र एक अचम्मको गन्ध भएको बुटी मानिदै आएको छ। श्रीलंकामा अहिले पनि संजीवनी पर्वत छन् भन्ने सुनिन्छ।
हनुमानले संजीवनीको पहाड उठाएर ल्याउने क्रममा उक्त पहाडको टुक्रा श्रीलंकाको विभिन्न ठाउमा खसेको थियो। उक्त टुक्रा खसेको ठाउको प्रकृति नै परिवर्तन भएर संजीवनी पर्वतको जस्तै विशेषता भएको ठाउँको सिर्जना भएको मानिन्छ। साथै पहाडको टुक्रा खसेको ठाउमा अन्य ठाउको बोट बिरुवा भन्दा फरक खालको वनस्पतिको निर्माण भएको भनिन्छ। यस पहाडलाई श्रीलंकाको सुन्दर ठाउँ मध्ये एक र महत्वपुर्ण मानिन्छ ।