बेईमान मगजका खेलले मेरा
पाइलाहरु रुक्न सक्दैनन
मेरा सपनाहरु चक्नाचुर
हुन सक्दैनन ।
सयौंन नया बाटोमा
स्वागतीय द्वार छन मेरा
न कुनै सिमा न कुनै बार
दुनियाका हर आकासमा उड्न सक्छु म
हर भु-भागमा रम्न सक्छु म ।
हुन त हिजो कलकल बग्ने नदिको
ढाड ओभानो शिर सुकेको छ
बेईमान शिखर चढी सक्यो
ईमान रुकेको छ
बेसरमी बेईमान सामु
ईमान झुकेको छ ।
तर
भुकम्पित तरङ्गले
नहल्लिएको पहाड को होला ?
ज्वलित ज्वालामुखिको लाभाले
नचिरिने भाग को होला ?
सुनामिको बेगले
न छल्किएको सागर को होला ?
जब आशाका उदाउदा किरणहरु
हिमालको कोख छेड्ने छन
ईमानको रोषी नजरले
बेईमानका दोषी प्रहरहरु
खाग हुनेछन !!
ईमानको आबृती बोकेको
नया बिहानिमा सयौन पुष्प
फुली दिनेछन
बज्र बेईमानी किल्लाहरु
सखाप हुनेछन ।
किनकी
म ज्यूँदा म संगै मेरो ईमान
म मर्दा पनि म संगै मेरो ईमान
सोधी हेर्नु मुक्त पवनलाई
खोज्नु भष्मित
खरानीमा
शेष रहनेछ मेरो ईमान ।
@ भैरे काका