काठमाडौँ । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा ७ नम्बर प्रदेश र एपीएफ क्लब विजयी भएका छन् ।
त्रिवि क्रिकेट मैदान भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई २ विकेटले पराजित गरेको थियो । एक सय १७ रनको सामान्य लक्ष्य भेटाउन प्रदेश ७ ले आठ विकेट गुमाउन बाध्य भएको थियो । प्रदेश ७ का लागि सन्जु धामीले २५ रन बनाए भने विजय राना २४ रनमा रन आउट भए ।
पहिलो ओभरको पाँचौ बलमा विकेट गुमाएको प्रदेश सात सुरुदेखिनै दबाबमा परेको थियो । अरुण ऐरीले २१ रन बनाउँदा अरु ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गरेनन् । त्यसअघि ब्याटिङ गरेको प्रदेश तीन ३३ ओभरमा सबै बिकेट गुमाउँदै १ सय १६ रनमा समेटिएको थियो ।
उता, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफ ९ विकेटले विजयी भएको छ । बर्षाका कारण ४५ ओभरमा छोट्याएको खेलमा प्रदेश १ ले दिएको १ सय २८ रनको लक्ष्य १ बिकेटको क्षतिमा १ सय ७१ बल अगावै पुरा गरेको थियो । एपीएफलाई जिताउन अनिलकुमार साह र पृथु बास्कोटाले अविजित पारी खेलेका थिए ।