जब सरकारमा उपेन्द्र आए ,गृहमन्त्री थापा बादललाई ठूलो घाटा !


शुक्रबार संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव सहित मोहम्मद इश्तियाक राईले शुक्रबार सपथ लिएका छन् । यादव उपप्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा र राई सहरी विकास मन्त्रीमा नियुक्त भएका हुन् । यादवसँगै रक्षामन्त्री ईश्वर पोखरेलपनि उपप्रधानमन्त्री बने । यादव र पोखरेल उपप्रधानमन्त्री बनिरहँदा तत्कालिन नेकपा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापा बादललाई भने ठूलो घाटा लागेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि अब बादलले उपप्रधानमन्त्रीको लागि बार्गेनिङ् गर्न सक्ने अवस्था छैन् । गृहमन्त्री बन्नुपुर्व पनि बादलले प्रधानमन्त्रीपछिको वरियता माँगेका थिए । पार्टी एकता नहुँदा तत्कालिन नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्दै बादल गृहमन्त्री बनेका थिए । हिजो भएको चौथो पटकको मन्त्रिमण्डल विस्तारमा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई हिजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको थियो ।

नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी थिइन्। वरीयतामा यादव तेस्रोमा रहनेछन् । प्रधानमन्त्रीपछि पोखरेल दोस्रो वरियतामा छन् । यादव यसअघि २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री भएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार