परराष्ट्रमन्त्री ज्ञवाली र पोर्तुगल सरकारका बिशेष दुत राजदुत मार्किस विच भेटवार्ता – पोर्तुगलका लागि भिसा निबेदन भी एफ एस काठमाण्डौ मार्फत लागू गर्न छलफल, पोर्तुगल सरकार सकरात्मक

गणेश पाण्डेय / यादव देवकोटा।

लिस्बोन, पोर्तुगल।

नेपाल सरकारका पपरराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र पोर्तुगल सरकारका बिशेष दुत राजदुत ज्वाकिम जोजे फेरैरा मार्किस विच परराष्ट्र मन्त्रालयमा बिशेष भेटवार्ता भएको छ। सो भेटका अवसरमा दुई देशकाविच विभिन्न पक्षमा छलफल भएको पररास्ट्र मन्त्रालयले जनाएको छ।

सो भेटका अवसरमा पोर्तुगलको लागि भी एफ एस भारतको दिल्लीमा भएको र नेपालीहरुको लागि भिसा सम्बन्धी काममा दिल्लीसम्म जान झन्झटिलो भएकोले निबेदन भी एफ एस मार्फत काठमाण्डौमा नै बुझ्नेबारे व्यापक छलफल भएको र सो सम्बन्धमा पोर्तुगल सरकार सकारात्मक भएको जानकारी प्राप्त भएको छ।

परराष्ट्र मन्त्रालयले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दुईपक्षीय सरकारी भेटवार्ताको लागि निम्तो दिएको जानकारी राजदुत ज्वाकिम जोजे फेरैरा मार्किसले दिएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको चाडै नै पोर्तुगल भ्रमण हुने जानकारी परराष्ट्र मन्त्रालयले जनाएको छ।

पोर्तुगलको परराष्ट्र मन्त्रालयले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई दुईपक्षीय सरकारी भेटवार्ताको लागि निम्तो दिएको जानकारी राजदुत ज्वाकिम जोजे फेरैरा मार्किसले दिएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको चाडै नै पोर्तुगल भ्रमण हुने जानकारी पररास्ट्र मन्त्रालयले जनाएको छ।

पोर्तुगल र नेपालका श्रम मन्त्रीविच आइ एल ओ हाइ कमिसन सम्मेलन जेनेभामा भेटघाट हुने र सो अवसरमा नेपालीलाई पोर्तुगलमा रोजगारीको अवसरका बारेमा छलफल हुने बुझिएको छ।

पोर्तुगल सरकारको आग्रहमा पोर्तुगल र नेपाल सरकारविच चाडै नै ” सरसल्लाह सम्झौता ” ( Consultative Agreement ) हुने समेत बुझिएको छ जसका लागि प्रारम्भिक खाका तयार भईसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो सम्झौता अनुसार नेपाल र पोर्तुगलविच आर्थिक सम्झौता हुने र सो सम्झौताको कार्यान्वयन पश्चात् नेपाल र पोर्तुगलबिच ब्यापार सम्झौता हुने र दुवै देशबिच पैसा पठाउदा कर नलाग्ने हुनुका साथै दुई देशबिच उद्योग , बिज्ञान र प्रबिधि बिकासमा सहयोग आदानप्रदान समेत हुने बुझिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार