पोर्तुगलको नेपाली समुदायमा अर्को दु:खद खबर – २२ वर्षीय एक युवकद्वारा झुन्डिएर आत्महत्या

लिस्बोन ।

पोर्तुगलको मोन्तेजु क्षेत्रमामा बस्दै आएका एकजना नेपालीको फेरि दु:खद खबर आएको छ । नेपाल मोरङ जिल्ला घर भएका कार्की थरका युवाले आत्माहत्या गरेको खबर प्राप्त भएको छ। तर यस समाचारको आधिकारिक निकायबाट पुष्टि हुन र बिस्तृत विवरण आउन भने बाँकी छ । उनको यही जुन २२ तारिखका दिन रेजिडेन्स परमिटका लागि विदेशी तथा सीमा हेर्ने निकाय (सेफ) मा अपोइन्टमेन्ट रहेको भेटिएको छ ।

कार्कीको शव गणतान्त्रिक राष्ट्रिय सुरक्षा (जीएनआर) प्रहरीले पोस्ट मार्टमका लागि लिएकोले दाह संस्कार हेर्ने निकाय (फुनेररिया) मार्फत उनको विस्त्रित जानकारी लिने प्रयास गरिएको छ ।पोर्तुगलको नेपाली समुदायमा दिनप्रति दिन यस्ता दु:खद घटनाहरु बढ्दै जाँदा समुदाय चिन्तित बनेको छ।

हाल कार्की समेत १७ जनाले पोर्तुगलमा ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार