अध्यारोमा मोबाइल चलाउँदा हुन्छ यस्ता स्वास्थ्य समस्या !


एजेन्सी। अाजभाेलीका मानिसहरूका लागि माेवाइल पानी जत्तिकै जरूरी भर्इसकेकाे छ । माेवाइलबिना एकछिन पनि बस्न सक्दैनन् अाजभाेलीका युवापुस्ता । अधिकांश मानिसहरु मोबाइल त्यो पनि स्मार्टफोनको व्यापक प्रयोग गर्ने गर्दछन् । त्यसमध्ये पनि कतिपय यस्ता मानिसहरु हुन्छन् जो सुत्नुभन्दा अघि अध्यारोमा वा रातको समयमा स्मार्टफोनमार्फत काम गर्ने गर्छन् । जसबाट आँखा र मस्तिष्कमा नराम्रो असर पर्ने गर्दछ । अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।

यी हुन् अनुसन्धानमा पाइएका अध्यारोमा स्मार्टफोन चलाउदा हुने हानीहरु

१. आँखाको ज्योतिमा कमि आउनु
रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ ।

२. निन्द्रामा कमी आउनु
रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार शरीरमा मेलाटोनिन हर्मोनको कमी आएमा राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या आउँछ ।

३. तनाब बढ्नु
युनिभर्सिटी अफ ओरसेष्टर बेलायतले गरेको अध्ययनले राति अबेरसम्म स्मार्टफोन चलाएमा शरीरमा मेलाटोनिन हर्मोनको कमी आउँदा तनाब बढ्ने देखाएको छ ।

४. मस्तिष्कमा असर पर्नु
राति अबेरसम्म स्मार्टफोन चलाएमा ब्रेन ट्युमर अर्थात मस्तिष्कको क्यान्सर पनि हुन सक्छ । युनिभर्सिटी अफ बोर्डेक्स (University of Bordeaux) फ्रान्सले गरेको एक अध्ययनले यसबाट मस्तिष्कको स्मरण शक्तिमा पनि असर पार्ने देखाएको छ ।

५. थकान महशुस हुनु
राति अबेरसम्म मोबाइल चलाएमा शरीरले पुरा निन्द्रा पाउन सक्दैन । यसले दिनभर नै थकानको महशुस हुन्छ ।

६. ग्लूकोमा
राति अबेरसम्म मोबाइलको प्रयोग गर्नाले मस्तिष्कसम्म सन्देश लैजाने अप्टिक नर्भ (स्नायु)मा असर पर्छ । यसबाट ग्लूकोमा नाम रोगको शिकार हुन सकिन्छ ।

७. आँखाको सिलियरी मांसपेशीमा असर पर्नु
राति लामो समयसम्म मोबाइल चलाएमा त्यसले आँखाको सिलियरी मांसपेशीमा असर पर्दछ । जसले आँखाको फोकस गर्न सक्ने शक्ति कमजोर हुन्छ । र आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ ।

८. आँखा रातो हुनु
राति लामो समयसम्म मोबाइल चलाएमा मोबाइलको प्रकाशले आँखामा असर गर्छ । जसबाट आँखा रातो हुने समस्या देखिन्छ ।

९. डार्क सर्कल
राति अबेरसम्म मोबाइल चलाएमा यसबाट आँखा दबाव पर्न जान्छ । यसबाट डार्क सर्कलको समस्या देखिन सक्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार