सर्बोच्चले हत्यारा ठहरगरि सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले जेलमुक्त गरेपछि सरकाको तिव्र आलोचना भएको छ।जेलमुक्त भएका ढुंगेल यतिबेला विभिन्न संचार माध्यमहरुमा अन्तरवार्ता दिइरहेको छन्। ढुंगेलले ओखलढुंगाका उज्जनको हत्यामा आफू संलग्न नभएको र त्यसलाई प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
अरनिको टेलिभिजनको कार्यक्रम दृष्टिकोणमा कुराकानी गर्दै ढुंगेलले गणतन्त्रको लागी लडेको कारणले नै आफूलाई अनावश्यक दु:ख दिएको कुरा बताए।
उज्जन कुमार श्रेष्ठलाई माओवादीले मार्न हुँदैन थियो भन्दै उज्जनका माईला दाई गणेश कुमारसँग आफ्नो अत्यन्त निकट सम्बन्ध रहेको र जेलमा रहँदा गणेशको हत्या भएको खबरले आफू स्तब्ध बनेको ढुंगेल बताउँछन्।
आफू छुटेपछि संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले त्यसको विरोध गरेकोमा ढुंगेल थापाप्रति आक्रोस पोख्दै भन्छन्-‘बालकृष्ण ढुंगेलले जस्तो अन्याय भोग्न परेको भए गगनले के गर्थे होला ? कांग्रेसभित्रका आशा लाग्दा र वौद्धिक नेता हुन् भन्ने लाग्थ्यो,तर गगनले असली आफ्नो औकात देखाए।’
ढुंगेल गगनलाई प्रश्न गर्दै अगाडि भन्छन्- ‘गणतन्त्र आइसकेपछि पनि नेपाली कांग्रेसका थुप्रै नेता प्रधानमन्त्री भए, गगनले कति जनालाई राजा बनाए ? कति अपराधीहरु जेलमुक्त भएकि भएनन्, उहाँ त्यतिबेला पिपलको फेदमुनी गाई दान गरेर बसेर गन्न भ्याउनु भएन कि,अहिले उहाँ निन्द्राबाट ब्युझिनु भयो कि ?’
‘गगन थापाले यति छिटै औकात चिनाएकोमा टिठ व्यक्त गर्दछु,गगन थापा,बाख्रा पाल्न,कुरिलो खेती छोडेर संसदमा आएर बालकृष्णलाई जेलभित्र मार्न पर्छ भने’,ढुंगेलले आक्रोस पोखे।
तत्कालीन समयमा माओवादी पार्टी भित्र छलफल चल्दा उज्जन कुमार श्रेष्ठलाई मार्नु नहुने कुरा आफूले भनेको तर उल्टै आफूलाई पूर्वाग्रहि भएर फसाईएको ढुंगेलको जिकिर छ।
आफू पहुँचको आधारमा छुटेको नभई चालीस प्रतिशत कैद भुक्तान गरेर छुटेको ढुंगेलले बताए।आफ्नो जस्तै आरोपमा जेल सजाय भोगिरहेका पुस्कर गौतमको पनि सरकारले माफीको लागी सिफारिस गर्ने ढुंगेलले दावी गरे।
‘नेपालको राजनीतिमा सबैजना पिपलको फेदमा गाई दान गरेर आको जस्तो आशा नगरौं।प्रधानमन्त्री ओली समेत मान्छे मारेको आरोपमा लामो समय जेल बसेका हुन्,ढुंगेलले भने।