विद्यासुन्दरको एक वर्ष १०१ काम होइन १०१ भ्रम- विवेकशील साझा पार्टी

काठमाडौं – विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा १ सय १ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्ष पुगिसक्दा प्रदूषण नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो।

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको नेतृत्वमा मास्क लगाएर महानगर अगाडि विरोध गरिएको थियो। प्रदर्शनकारीले ‘मेयर आऊ मास्क हटाऊ, एक वर्ष बित्यो मास्क मात्रै बिक्यो, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

नेतृ दर्शनाले सरकारले गर्ने नराम्रो कामको आफूहरु सधैं खवरदारीमा उत्रने बताइन् । पार्टीले महानगरका मेयर र उपमयेरले निर्वाचनका बेला गरेको बाचा एक वर्षमा पूरा नगरेको भन्दै घोषणापत्र हेर्न अनुरोधसहितको पत्रसमेत पठाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार