बिश्वभरबाट छानिएर आएका उत्कृष्ट ३२ देशको प्रतिस्पर्धा अर्थात फुटबलको महाकुम्भ- बिश्वकप सुरु हुन् अब केवल २ साता बाँकि छ । यस पटक यस्ता २ स्टार खेलाडी छन् जसलाई ४ बर्षपछि हुनेअर्को बिश्वकपमा नदेखिन पनि सक्छ । वर्तमान विश्व फुटबलमा पछिल्ला एक दशकभित्र समान पाँच–पाँच पटक फिफा उत्कृष्ट वर्ष खेलाडीर बालोन डेओर जस्तो फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड पाएर पनि विश्वकप ट्रफीलाई अहिले सम्म उचाल्न नसकेका खेलाडी हुन् अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ।
यिनलाई नचिन्ने सायदै कोहि फुटबल प्रेमी नहोलान । दुवैले क्लब स्तरमा धेरै उपाधि जितिसकेका छन् तर बिश्वकपमा हालसम्म पनि आफ्नो देसलाई उपाधि दिलाउन सकेका छैनन्। यस पटकयी दुवैलाई अन्तिम अवसरको रुपमा हेरिएको छ । कोपा अमेरिकाको फाइनल खेलमा पराजित खेलमा मेसिले अब कहिल्यै अर्जेन्टिनाबाट नखेल्ने भन्दै सन्यास नै घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना लगायत लाखौ समर्थकको आग्रहमा उनी पुन मैदान फर्किएका हुन् ।
सन् २००६ देखि २०१४ सम्म गरी ३ वटा विश्वकपको १५ म्याच खेलेका मेसीले अर्जेन्टिनाबाट ५ गोल गरेका छन् । राष्ट्रिय टोलीबाट १ सय २४ म्याचमा मेसीले ६४ गोल गरेर अर्जेन्टिनाकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन । त्यस्तै पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोलाल्डोको कथा पनि उस्तैछ । यता रोनाल्डोले पनि पोर्चुगलको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले राष्ट्रिय टोलीबाट १ सय ४९ म्याचमा ८१ गोल गरेका छन्। उनले पनि सन् २००६, २०१० र२०१४ गरी तीनवटा विश्वकप खेलेका छन्। जहाँ उनले १३ म्याचमा जम्मा ३ गोलमात्र आफ्नो नाममा लेखाएका छन् ।
मेसिले आफ्नो टोलीलाई बिश्वकपको फाइनलसम्म पुर्याएपनि रोनाल्डो भने चौथो स्थानभन्दा माथि जान सकेका छैनन् । २००६ मा पोर्चुगल चौथो भएको हो । उनी यो वर्षको विश्वकप उपाधि उचालेर फुटबल जीवनबाट सुरक्षित अवतरण हुन चाहान्छन् । तर अहिलेको विश्लेषण अनुसार देशलाई उपाधि जिताएर देखाउने यो नै अन्तिम अवसर हो। यी दुईले यस अन्तिम मौकाको सदुपयोग कसरि गर्छन त्यो भने हेर्न बाँकि नैछ ।