युक्रेनको आरोपः ‘राष्ट्रपति पुटिनले आफ्नै पत्रकारको हत्या गरे’


युक्रेन । युक्रेन सरकारले राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै मुलुकको पत्रकारको हत्या गरेको आरोप लगाएको छ ।
एक रुसी पत्रकार अर्काडी बाब्चेन्कोको युक्रेनको राजधानी किभमा गोली हानी हत्या भएपछि युक्रेनले
प्रतिक्रिया दिदै हत्यामा रुसी राष्ट्रपति र रुसको संलग्नता रहेको दावी गरेको हो । राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका अर्काडी रुसी राष्ट्रपति पुटिनविरुद्ध समाचार सम्प्रेषण गर्दै आएका थिए ।

उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा समेत परिचित थिए । युक्रेन प्रहरीले भने हत्या गरिएका पत्रकारको सुनियोजित रुपमा हत्या गरिएको संकेत मिलेको जनाएको छ । रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार