पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा , नयां नेतृत्व चयन हुने

लण्डन । पासा पुचः गुठी साउथ ईस्ट लण्डनको सातौं अधिवेसन आउंदो जुन १७ का दिन हुने भएको छ ।अधिवेसनले आउंदो दुई वर्षका लागि नयां कार्यसमिति चयन गर्दैछ ।

प्लमस्टिड कमनस्थित वर्किङ मेन्स् क्लबमा दिउंसो १ बजेदेखि अधिवेसन सुरु गरिने कार्यक्रम छ ।अधिवेसनमा सहभागी भएर नयां कार्यसमिति चयन प्रक्रियामा सहभागी हुन अध्यक्ष सुशिल प्रजापतिले सम्पुर्ण सदस्यहरुलाई आव्हान गरेका छन् ।

संस्थाका आजिवन सदस्यता तथा क्रियाशिल सदस्यता भएका सदस्यहरु र १८ वर्ष नाघेका उनीहरुका परिवारका सदस्यले मताधिकार पाउनेछन् । निर्वाचन प्रक्रियामा सहभागी हुनको लागि परिचय खुल्ने फोटो आईडी साथ उपस्थित हुन आव्हान गरिएको छ ।

नयां कार्यसमिति चयनका लागि बालमुकुन्द जोशी, कुमार श्रेष्ठ, जानकी कायस्थ, ओजेश सिंह, नगेन्द्र श्रेष्ठ, कपिल श्रेष्ठ, राजन मल्ल र रमेश श्रेष्ठलाई निर्वाचन अधिकृत तथा पर्यवेक्षकको जिम्मेवारी दिने निर्णय गरिएको छ । त्यस्तै, यसपटक कार्यसमितिको आकार घटाएर बढिमा १७ सदस्यीय बनाउने निर्णय पनि भएको छ ।

नयां कार्यसममितिमा रहेर काम गर्न इच्छुक सदस्यहरुले अधिवेसनकै दिन उम्मेदवारी दर्ताको लागि तोकिएको समयभित्र नगदमा उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ । अध्यक्षका लागि ५० पाउण्ड, उपाध्यक्षहरुको लागि ४५ पाउण्ड, महासचिवको लागि ४० पाउण्ड, सचिवको लागि ३५ पाउण्ड, कोषाध्यक्षको लागि ४० पाउण्ड, सहकोषाध्यक्षको लागि ३५ पाउण्ड , सांस्कृतिक सचिवको लागि ४० पाउण्ड, सहसांस्कृतिक सचिवको लागि ३५ पाउण्ड र कार्यसमिति सदस्यको लागि २५ पाउण्डको उम्मेदवारी शुल्क लाग्नेछ ।

अध्यक्ष , उपाध्यक्ष र महासचिवको उम्मेदवार बन्नको लागि यसअघि कार्यसमितिमा २ वर्ष काम गरिसकेको हुनुपर्नेछ भने अन्य पद तथा सदस्यको लागि क्रियाशिल सदस्य हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार