पानी,जमिन,तालतलैया,जंगल,गुफा आदी थुप्रै चिजहरु यो धर्तीमा छन्।यस्ता चीजहरुले धर्तीको सौन्दर्य मात्र बढाएको छैन,रहस्य र कौतुहलता पनि जगाएका छन्।
हामीले आँखाले देखेभन्दा धेरै विचित्र र अचम्मको छ यो धर्ती।यस्तै एउटा रहस्यले भरिएको एउटा गुफा भियतनाममा छ।जुन गुफा विश्वको सबैभन्दा ठूलो गुफा हो।यसभित्र ठूला-ठूला भवन समेत डुब्न सक्छन्।
‘सन दोंग’ नाम गरेको यो गुफा यति विशाल छ कि यहाँभित्र जंगल,नदी समेत रहेको छ। सन् २००९ मा केहि खोजकर्ता यो गुफाभित्र पसेका थिए। तर २०० फिट लामो ‘क्यासलसाइट’ पार गर्न सकेनन्।
यो गुफा अहिलेसम्म कसैले पनि पार गर्न सकेका छैनन्।जसको कारण गुफाभित्र रहेको थुप्रै रहस्य र अन्य चिजहरु बाहिर आउन सकेको छैन।
हेर्नुहोस् भिडियो