हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन भन्दै नेविसंघले गर्‍यो नांगिएर विरोध प्रदर्शन


तीव्र विरोध र चेतावनीका बाबजुद उज्जनकुमार श्रेष्ठको हत्या अपराधमा जेल सजाय भोगिरहेका पूर्वमाओवादी सभासद बालकृष्ण ढुंगेललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी दिएर रिहा गरिएपछि नेपाल विद्यार्थी संघले तीव्र विरोध जनाएको छ । अन्य विद्यार्थी संगठनहरु आँखा चिम्लेर बसेको बेला नेवि संघले ढुंगेलको रिहाईविरुद्ध नांगिएर प्रदर्शन गरेको हो।

नेवि संघले ‘हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन’ भन्ने प्लेकार्डसहित मंगलबार नग्न जुलुस निकालेको हो । जुलुसको नेतृत्व सभापति नैनसिंह महरले गरेका थिए ।

विरोधले चरम रुप लिएपछि सरकारले सोमबार राती मन्त्रिपरिषद्को बैठक राखेर ८ सय १६ जनाको नामभित्र ढुंगेलको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा बुझाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि मंगलबार बिहानै ढुंगेलको रिहाई भएको हो । यसलगत्तै नेवि संघले नग्न प्रदर्शन गरेको थियो ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार