यस्ता छन् दुई सातापछि विश्वकप २०१८ आयोजना हुने रंगशालाहरु (फोटो फिचर)


विश्वकप फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल प्रतियोगिता २०१८’ सञ्चालन हुन अब दुई साता मात्रै बाँकी छ । आगामी जुन १४ देखि रुसमा हुन गइरहेको विश्वकप फुटबल जुलाई १५ तारिखसम्म सञ्चालन हुनेछ । रसियामा एक महिनासम्म सञ्चालन हुने यो विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विश्वका सबैभन्दा बढी दर्शकले हेर्ने विश्वकप फुटबल प्रतियोगिताको प्रतिस्पर्धा आयोजक रुसका विभिन्न शहरका १२ वटा रंगशालामा हुनेछ । आयोजक रुसले विश्वकपको सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

यो विश्वकपमा विभिन्न महादेशका ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’मा आयोजक रसियासहित इजिप्ट, साउदी अरेबिया र उरुग्वे परेका छन् । त्यस्तै समूह ‘बी’मा इरान, मोरक्को, पोर्चुगल र स्पेन, समूह ‘सी’मा अस्टे«लिया, डेनमार्क, फ्रान्स र पेरू, समूह ‘डी’मा अर्जेन्टिना, क्रोएसिया, आइसल्यान्ड र नाइजेरिया, समूह ‘ई’मा ब्राजिल, कोस्टारिका, सर्बिया र स्वीट्जरल्यान्ड, समूह ‘एफ’मा जर्मनी, मेक्सिको, दक्षिण कोरिया र स्वीडेन, समूह ‘जी’मा बेल्जियम, इंग्ल्यान्ड, पानामा र ट्युनिसिया, समूह ‘एच’मा कोलम्बिया, पोल्यान्ड, जापान र सेनेगल परेका छन् ।

अब यी राष्ट्रहरूको प्रतिस्पर्धा रसियाले निर्माण गरेका १२ वटा सुन्दर रंगाशालामा हुनेछ । विश्वकपका लागि नवनिर्मित ती १२ वटा रंगशालामा कुन–कुन राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्, त्यसको विस्तृत रूपमा वर्णन गरिएको छ ।

लुज्निकी रंगशाला (मस्को)


सेन्ट पिटसबर्ग रंगशाला (सेन्ट पिटसबर्ग)

यो रंगशालामा विश्वकपका ७ वटा खेल हुनेछन् । जसमा विश्वकपको एउटा सेमिफाइनल खेल पनि रहेको छ । पहिलो खेल १६ जुनमा मोरक्कोविरुद्ध इरान, १९ जुनमा रसियाविरुद्ध इजिप्ट, २२ जुनमा ब्राजिलविरुद्ध कोस्टारिका, ३ जुलाईमा १ एफविरुद्ध २ ई राउन्ड १६, २६ जुलाईमा नाइजेरियाविरुद्ध अर्जेन्टिना, १० जुलाईमा ५७ को विजेता र ५८ को विजेताबीच सेमिफाइनल र १४ जुलाईमा लुजर ६१ र लुजर ६२ का बीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

फिस्ट रंगशाला (सोची)

यो रंगशालामा विश्वकपका ६ वटा खेल हुनेछन्, जसमा एउटा क्वार्टरफाइनल खेल पनि हुनेछ । १५ जुनमा पोर्चुगलविरुद्ध स्पेन, १८ जुनमा बेल्जियमविरुद्ध पानामा, २३ जुनमा जर्मनीविरुद्ध स्वीडेन, २६ जुनमा अस्टे«लियाविरुद्ध पेरू, ३० जुनमा १ एविरुद्ध २ बी राउन्ड १६ र ७ जुलाईमा ५१ को विजेता र ५२ को विजेताबीच क्वार्टरफाइनल खेल हुनेछ ।

एकातेरिनबर्ग एरिना (एकातेरिन)

यो रंगशालामा विश्वकपका चारवटा खेल हुनेछन् । जसमा १५ जुनमा इजिप्टविरुद्ध उरुग्वे, २१ जुनमा फ्रान्सविरुद्ध पेरु, २४ जुनमा जापानविरुद्ध सेनेगल र २७ जुनमा मेक्सिकोविरुद्ध स्वीडेनबीच खेल हुनेछ ।

कजान एरिना (कजान)

यो रंगशालामा विश्वकपको एक क्वार्टरफाइनलसमेत गरी ६ वटा खेल हुनेछन् । जसमा १६ जुनमा फ्रान्सविरुद्ध अस्ट्रेलिया, २० जुनमा इरानविरुद्ध स्पेन, २४ जुनमा पोल्यान्डविरुद्ध कोलम्बिया, २७ जुनमा दक्षिण कोरियाविरुद्ध जर्मनी, ३० जुनमा १ सीविरुद्ध २ डी राउन्ड १६ र ६ जुलाईमा ५३ को विजेताविरुद्ध ५४ को विजेताबीच क्वार्टरफाइनल खेल हुनेछ ।

निज्नी नोभगोरोड रंगशाला (निज्नी नोभगोरोड)

यो रंगशालामा विश्वकपको एउटा क्वार्टरफाइनल खेलसहित ६ वटा खेल सञ्चालन हुनेछन् । जसमा १८ जुनमा स्वीडेनविरुद्ध दक्षिण कोरिया, २१ जुनमा अर्जेन्टिनाविरुद्ध क्रोएसिया, २४ जुनमा इंग्ल्यान्डविरुद्ध पानामा, २७ जुनमा स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिया, १ जुलाईमा १ डीविरुद्ध २ सी र ६ जुलाईमा ४९ को विजेताविरुद्ध ५० को विजेताबीच क्वार्टरफाइनल खेल हुनेछ ।

रोस्टोभ एरिना (रोस्टोभ–अन–डन)

यो रंगशालामा विश्वकपको ५ वटा खेल सञ्चालन हुनेछन् । जसमा १७ जुनमा ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड, २० जुनमा उरुग्वेविरुद्ध साउदी अरेबिया, २३ जुनमा दक्षिण कोरियाविरुद्ध मेक्सिको, २६ जुनमा आइसल्यान्ड र क्रोएसिया र २ जुलाई मा १ जीविरुद्ध २ एचको राउन्ड १६ को खेल हुनेछ ।

समरा एरिना (समरा)

यो रंगशालमा एउटा क्वार्टरफाइनलसहित विश्वकपका ६ वटा खेल आयोजना हुनेछन् । जसमा १७ जुनमा कोस्टारियाविरुद्ध सर्विया, २१ जुनमा डेनमार्कविरुद्ध अस्टे«लिया, २५ जुनमा उरुग्वेविरुद्ध रसिया, २८ तारिकमा सेनेगलविरुद्ध कोलम्बिया, २ जुलाईमा १ ईविरुद्ध २ एफको राउन्ड १६ र ७ जुलाईमा ५५ को विजेताविरुद्ध ५६ विजेताबीच क्वार्टरफाइनल खेल हुनेछ ।

मोरडोनिया एरिना

यो रंगशालामा विश्वकपका चारवटा खेलको आयोजना हुनेछन् । जसमा १६ जुनमा पेरूविरुद्ध डेनमार्क, १९ जुनमा कोलम्बियाविरुद्ध जापान, २५ जुनमा इरानविरुद्ध पोर्चुगल र २८ जुनमा पानामाविरुद्ध ट्युनिसियाबीच खेल हुनेछ ।

भोल्भोगार्ड रंगशाला (भोल्भोगार्ड)

यो रंगशालामा विश्वकपका चारवटा खेलको आयोजना हुनेछन् । जसमा १८ जुनमा ट्युनिसियाविरुद्ध इंग्ल्यान्ड, २२ जुनमा नाइजेरियाविरुद्ध आइसल्यान्ड, २५ जुनमा साउदी अरेबियाविरुद्ध इजिप्ट र २८ जुनमा जापान र पोल्यान्डबीच खेल हुनेछ ।

स्पार्टक रंगशाला (मस्को)


यो रंगशालामा विश्वकपका पाँचवटा खेलको आयोजना हुँदै छन् । जसमा १६ जुनमा अर्जेन्टिनाविरुद्ध आइसल्यान्ड, १९ जुनमा पोल्यान्डविरुद्ध सेनेगल, २३ जुनमा बेल्जियमविरुद्ध ट्युनिसिया, २६ जुनमा सर्वियाविरुद्ध ब्राजिल र ३ जुलाईमा १ एचविरुद्ध २ जीबीच राउन्ड १६ को खेल हुनेछ ।

कलिनीगार्ड रंगशाला (कलिनीगार्ड)

यो रंगशालामा विश्वकपका चारवटा खेलको आयोजना हुनेछन् । जसमा १६ जुनमा क्रोयसियाविरुद्ध नाइजेरिया, २२ जुनमा सर्विया विरुद्ध स्वीट्जरल्यान्ड, २५ जुनमा स्पेनविरुद्ध मोरक्को र २८ जुनमा इंग्ल्यान्डविरुद्ध बेल्जियमविरुद्ध खेल हुनेछ ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार